images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
प्रतिनिधि / प्रदेशसभा निर्वाचन - २०७९

६३ स्थानको परिणाम सार्बजनिक (अपडेट)  : " कांग्रेस : २५ बिजयी ३२ अग्रता,  मतगणना जारी  "

६३ स्थानको परिणाम सार्बजनिक (अपडेट)  : " कांग्रेस : २५ बिजयी ३२ अग्रता,  मतगणना जारी  "

बिहीबार , मंसिर ८ २०७९

  • 217
    SHARES

  • ६३ स्थानको परिणाम  सार्बजनिक (अपडेट)  :  " कांग्रेस :  २५  बिजयी ३२ अग्रता,   मतगणना जारी  "
    फाइल तस्बीर

     

    काठमाडौँ, मंसिर ।  मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्बाचनमा ६३ स्थानको मत परिणाम सार्बजनिक गरेको छ ।  अन्य स्थानमा मतगणना  जारी रहेको निर्बाचन आयोगले जनाएको छ ।  पछिल्लो मत परिणाम अन्सार,  नेपाली काग्रेस २५ स्थानमा बिजयी भएको छ भने ३२ स्थानमा अग्रता लिएको छ ।

    यसैगरी, एमाले  १५ स्थानमा विजयी, २९ स्थानमा अग्रता, रास्वपा  ५ विजयी, ४ मा अग्रता,  राप्रपा  २ विजयी ३ मा  अग्रता,  मा. केन्द्र : ७ स्थानमा  विजयी, १० स्थानमा अग्रता ,  नेकपा एकीकृतले ६ मा विजयी,  ४ मा अग्रता लिएको छ । 
    त्यस्तै, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले केही ठाउँमा जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले एउटा क्षेत्रमा जितेका छन् ।

    कसले कहाँ जिते :
    नेपाली कांग्रेस 
    भक्तपुर २–दूर्लभ थापा
    कञ्चनपुर २–एनपी साउद
    कैलाली ४ – वीरबहादुर बलयार
    गोरखा १– राजेन्द्र बजगाईँ
    म्याग्दी – खमबहादुर गर्बुजा
    दार्चूला – दिलेन्द्र बडु
    कञ्चनपुर ३ – रमेश लेखक
    अछाम २– पुष्पबहादुर शाह
    पर्सा २ – अजयकुमार चौरसीया
    झापा १–विश्वप्रकास शर्मा
    ओखलढुंगा– रामहरि खतिवडा
    काठमाण्डौ १०– राजेन्द्र केसी
    पर्सा ४–रमेश रिजाल
    सुर्खेत २ (ह्यदयराम राम थानी
    तनहुँ २ – शंकर भण्डारी
    डडेलधुरा – शेरबहादुर देउवा
    ललितपुर १ – उदय शमशेर राणा
    काठमाण्डौ ४ – गगनकुमार थापा
    रसुवा –मोहन आचार्य
    काठमाण्डौ ५ – प्रदीप पौडेल
    काठमाण्डौ ३ – सन्तोष चालिसे
    काठमाण्डौ १ – प्रकाशमान सिंह
    मुस्ताङ – योगेश गौचन थकाली
    मनाङ – टेकबहादुर गुरुङ
    दैलेख २– दिक्पालकुमार शाही

    एमाले
    रुपन्देही ५–बासुदेव घिमिरे
    पर्सा ३ – राजकुमार गुप्ता
    लमजुङ–पृथ्वीसुब्बा गुरुङ
    मकवानपुर २–महेशकुमार बर्तौला
    प्युठान– सूर्य थापा
    कास्की २–विद्या भट्टराई
    अर्घाखाँची–टोपबहादुर रायमाझी
    झापा २– देवराज घिमिरे
    झापा ५– केपी शर्मा ओली,
    ताप्लेजुङ –योगेश भट्टराई
    गुल्मी २ – गोकर्ण विष्ट
    उदयपुर २ – अम्बर बहादुर रायमाझी
    ललितपुर २ – प्रेमबहादुर महर्जन
    काठमाण्डौ ९– कृष्णगोपाल श्रेष्ठ

    माओवादी केन्द्र
    सिन्धुपाल्चोक–१ माधव सापकोटा
    रोल्पा–वर्षमान पुन
    जाजरकोट–शक्ति बस्नेत
    वाग्लुङ २ – देवेन्द्र पौडेल
    रुकुम पूर्व–पूर्ण घर्ती मगर
    सिन्धुली २–लेखनाथ दाहाल

    एकीकृत समाजवादी
    डोटी– प्रेमबहादुर आले
    दैलेख १–अम्मरबहादुर थापा
    सल्यान–प्रकाश ज्वाला
    बारा ४– किसान श्रेष्ठ
    अछाम १ – शेरबहादुर कुँवर
    बझाङ–भानुभक्त जोशी

    राष्ट्रिय स्वतन्त्र पार्टी 
    काठमाण्डौ ६–शिशिर खनाल
    काठमाण्डौ २– सोविता गौतम
    काठमाण्डौ ७– गणेश पराजुली
    काठमाण्डौ ८– विराजभक्त श्रेष्ठ

    राप्रपा
    बाँके २ – धवल शमशेर राणा
    जुम्ला–ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)

    नागरिक उन्मुक्ति पार्टी
    कैलाली ३ – गंगाराम चौधरी

    जनमत पार्टी
    सप्तरी २– सिके राउत

    जनता समाजवादी पार्टी
    पर्सा २ – प्रदीप यादव

    जनमोर्चा 
    बागलुङ १ –चित्रबहादुर केसी

    लोसपा
    रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ल

    स्वतन्त्र
    बर्दिया–२ लालविर चौधरी रहेका छन । 

    बिहीबार , मंसिर ८ २०७९०९:३२:४४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार