images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images

बर्दघाट सुस्तापूर्व : मतदान केन्द्रको जिम्मा महिलालाई

बर्दघाट सुस्तापूर्व : मतदान केन्द्रको जिम्मा महिलालाई

शुक्रबार, मंसिर २ २०७९

  • 397
    SHARES

  • बर्दघाट सुस्तापूर्व  :  मतदान केन्द्रको जिम्मा महिलालाई

     

    त्रिवेणी,  मङ्सिर ।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ ।

    नवलपुरमा रहेका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको हो । नवलपुरको कावासोती नगरपालिका २ मा रहेको शिव मावि शिवबस्तीको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वका प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो ।

    प्रमुख भुसालका अनुसार शिव माविमा रहेको मतदानस्थलको 'ङ ' केन्द्रलाई महिलामैत्री बनाइएको छ । मतदान अधिकृत शान्ति गुरुङको नेतृत्वमाआठ कर्मचारी सबै महिलामात्रै रहेको उहाँले बताउनुभयो । नवलपुरमा रहेका तीन सय दुई मतदान केन्द्रमा दुई हजार चार सय १६ कर्मचारी खटिएका छन् ।

    प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत रामग्राम नगरपालिका १ मा दुईवटा मतदान केन्द्र रहेको एउटा मतदानस्थल र रामग्राम नगरपालिका १ मा रहेको सयपत्री बोर्डिङ स्कुलस्थित मतदानस्थलमा मतदान अधिकृतसहित सम्पूर्ण कर्मचारी महिलामात्रै खटाइएको छ ।

    मतदानस्थलमा खटिने कर्मचारीसहित सुरक्षाकर्मीसमेत यस मतदानस्थलमा सबै महिला खटाइएको छ । मतदानस्थलमा १६ महिला कर्मचारी खटिएका छन् । साथै नेपाल प्रहरी र म्यादी प्रहरी गरी १३ सुरक्षाकर्मी खटाइएकामा सबै सुरक्षाकर्मी महिला छन् ।

    शुक्रबार, मंसिर २ २०७९०५:४३:४२

    डेमो खबर

    सम्बन्धित समाचार