images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
प्रतिनिधि तथा प्रदेशसभा निर्बाचन 

प्रधानमन्त्री देउवाले  भने : " गठबन्धन अझै १५ वर्ष टिक्छ, सहकार्य गर्छ " 

प्रधानमन्त्री देउवाले  भने : " गठबन्धन अझै १५ वर्ष टिक्छ, सहकार्य गर्छ " 

बिहीबार , मंसिर १ २०७९

  • 465
    SHARES

  • प्रधानमन्त्री देउवाले  भने   :   "  गठबन्धन  अझै  १५  वर्ष  टिक्छ, सहकार्य  गर्छ " 


    काठमाडौँ, कात्तिक ।  हालको सत्ता सत्तारुढ गठबन्धन अझै १५ वर्षभन्दा बढी टिकाउने सोचमा रहेको  कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।प्रधानमन्त्री देउवाले अछामको सदरमुकाम मंगलसेनमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने,  संविधान रक्षाका लागि पटक-पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झाउँदा पनि मानेन् ।' 
    संविधानको रक्षाका लागि हामीले पटक - पटक ओलीजीलाई सम्झायौं, उनले मानेनन्, संसद् विघटन गरे । ओलीजीले आलोचना पनि सहन सक्नुभएन, प्रधानमन्त्री देउवाले भने,  बाध्य भएपछि बहुमत पुग्ने गरी अदालत गयौं । अदालतले ओलीजीलाई हटायो । अन्तमा मेरो नेतृत्वमा सबैको सहकार्यमा सरकार निर्माण भयो । अब संविधान रक्षा र र स्थायित्वका लागि यो गठबन्धन १० - १५ वर्ष बढी टिक्छ । कम्तीमा ३/४ चुनावहरूमा यो गठबन्धन सहकार्य गर्छ । त्यसका लागि हाम्रा साझा उम्मेदवारले जित्न आवश्यक छ ।'
    संविधानले महिलालाई ३३ प्रतिशत आरक्षण, दलित, जनजातिका अधिकार समेटेकाले यसको रक्षाका लागि नेपाली कांग्रेस अडिग रहेको बताए । अछामको चौरपाटी र मंगलसेनमा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कैलाश लघु जलविद्युत् आयोजना, सेती लोकमार्ग, चिसापानी( जंगलघाट( मंगलसेन सडक खण्ड, रामारोश र खप्तड पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
    चुनावी सभामा निर्वाचन क्षेत्र नम्बर-१ का सत्ता गठबन्धनका साझा उम्मेदवार समाजवादीका नेता शेरबहादुर कुँवर, प्रदेश-१ का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का, प्रदेश-२ का उम्मेदवार माओवादी केन्द्रका नेता झपट साउद, प्रतिनिधिसभा क्षेत्र नम्बर-२ का प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह, प्रदेश-१ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता अक्कल रावल, प्रदेश(२ का उम्मेदवार कांग्रेसका नेता मानबहादुर रावलले चुनावीसभालाई सम्बोधन गरेका थिए ।

    बिहीबार , मंसिर १ २०७९०७:५५:१०

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार