images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
प्रतिनिधिसभा निर्बाचन 

मतदान  :  "एउटा यस्तो पर्व - सम्पूर्ण जनताको हैसियत बराबर"

मतदान  :  "एउटा यस्तो पर्व - सम्पूर्ण जनताको हैसियत बराबर"

बिहीबार , मंसिर १ २०७९

  • 465
    SHARES

  • मतदान  :  "एउटा यस्तो पर्व - सम्पूर्ण जनताको हैसियत बराबर"
    फाइल तस्बीर

     

    तदान भनेको एउटा यस्तो पर्व हो, जुन दिन सम्पूर्ण जनताको हैसियत बराबर हुन्छ । सबैले एउटा एउटा मतपत्र पाउँछन् । त्यही मतपत्रमा स्वस्तिक चिन्ह लगाएर बाकसमा खसाल्छन् । के मालिक , के नोकर , के शासक , के शासित सबैको एउटै हैसियत हुने दिन अर्थात मंसीर ४ अब आउनै लागेको छ । उमेद्वारहरुले आ–आफ्नो पक्षमा माहौल बनाउन अन्तिम कसरत गर्दैछन् । जित्नका लागि हुने कसरतका क्रममा के गरिन्छ वा के गरिन्न ? भन्ने लेखाजोखा गरेर साध्य छैन । एउटै कुरा आँफुले गरेको ठीक र अर्काले गरेको बेठीक भन्दै मतदाताको दिमाग भुट्ने काम निर्वाचनमा अली बढी नै हुन्छ । यो मामिलामा केही पनि प्रतिस्पर्धी अछुत हुँदैनन् ।
    परिभाषामा व्यापक फरक होला, तर युद्ध र चुनावको प्रकृति उस्तै उस्तै हुन्छ । सानो स्वर हुनेलाई ठूलो स्वर हुनेले नियम विपरित गएरै भए पनि ङ्याकेकै हुन्छ । जसले तिकडम जान्दछ , उसैको हात माथि हुन्छ । यस्ता उदाहरणहरु महाभारत ग्रन्थमा धेरै छन् । जसमध्ये एउटा उदाहरण यहाँ प्रासंगिक छ : 
    'महाभारत युद्धमा भीमले संवेदनशील अंगमा गदा प्रहार गरेर दुर्योधनको हत्या गरे । संवेदनशील अंगमा गदा प्रहार गर्न भीमलाई इशारा गर्ने श्रीकृष्ण नै थिए , तर कदा युद्धको नियम थियो, कम्मरभन्दा मुनी प्रहार गर्न नपाउने । युद्धको नियम मिचेको देखेपछि भीम र दुर्योधन दुबैका गुरु बलराम क्रोधित भए गदायुद्धको नियमबिरूद्धमा गएर दुर्योधनको हत्या गरेको आक्रोशमा बलराम भीमलाई हलोले प्रहार गरेर मार्न तयार भए । यो देख्ने बित्तिकै श्रीकृष्णले आफ्ना दाजु बलरामलाइ भने, – ‘तपाईंले महाभारत युद्धमा सहभागी हुन्न भन्नू भएको थियोे तपाईंले भीमलाई दण्ड दिन पाउनुहुन्न ।’ 
    हुन त कृष्णले पनि महाभारतमा ‘म हतियार उठाउदिन’ भनेका थिए । तर अस्वस्थामाले पाण्डव सम्झेर गल्तीले द्रौपदीका छोराहरूको हत्या गरे, तब कृष्णले क्रोधले उनीमाथि सुदर्शन चक्र प्रहार गरे । निधारमा कहिल्यै निको नहुने घाउ लगाईदिए । यहाँ प्रश्न उठ्छ , बलरामले भीमको गल्तीमा हतियार उठाउनु चै गलत अनि कृष्णले सुदर्शन चक्र प्रहार गर्नु चाँही कसरी ठिक ? अर्थात दाजु बलरामले दण्ड दिनलाग्दा युद्धको नियम  लाग्ने अनि आफूले प्रहार गर्दा कुनै नियमले नछुने ? राजनीति भनेको पनि यही हो । बोल्नेको पिठो बिक्छ , नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखान चरितार्थ हुन्छ । मतदातालाई सके विश्वासमा लिने नसके भ्रम छरेर आफ्नो स्वार्थ सिद्धी गर्ने नीति रहेछ राजनीति ।' 
    नेपालकै पछिल्ला पाँच वर्षका उदाहरण हेरौं । २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले भरतपुर महानगर पालिकाको मेयरमा रेणु दाहाललाई समर्थन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै हिँडे – ‘छिछिछि , कोही नपाएर कांग्रेसले प्रचण्डकी छोरी बोकेको छ , कस्तो लाज नभएको पार्टी ।’ 
    तर ६ महिना पछि भएको आम निर्वाचनमा तिनै ओलीले प्रचण्डको पक्षमा भोट माग्दै भने–‘अब कांग्रेस नाम गरेको पार्टी संग्राहलयमा खोज्न जानुपर्ने छ, एमाले र माओवादीको फ्युजनले नेपालको कम्युनिष्ट आन्दोलनलाई यति उचाइमा पु¥याएको छ कि , अब शासन सत्तामा पुगौला भनेर अरु कुनै पार्टीले नचिताए पनि हुन्छ ।’ 
    बाक चातुर्यता तथा रणनीतिमा यतिसम्म शक्ति हुँदो रहेछ कि , प्रचण्ड भन्ने गर्थे– ‘१२ बुँदे संझौतामा नेपाली कांग्रेसबाट हस्ताक्षर गिरिजाप्रसाद कोइरालाको छ, तर मुख्य भूमिका कृष्णप्रसाद सिटौलाको छ ।’ तर गत आम निर्वाचनमा तिनै प्रचण्डलाई केपी शर्मा ओलीले सिटौला हराउन र राप्रपा नेपालका राजेन्द्र लिङ्देन जिताउन प्रयोग गरे । 
    बास्तवमा सिटौला हराउनु र राजेन्द्र लिङदेन जिताउनु प्रतिगामी शक्तिका लागि महाभारतको युद्ध जिते जत्तिकै ठूलो उपलव्धी थियो । आँफू प्रतिगामीको गोटी बनेको कुरा ओलीको हातबाट संसद विघटन भएपछि मात्रै थाह पाए । बास्तवमा प्रतिगमन त एमाले , माओवादी र राजावादी मिलेर कांग्रेसलाई समाप्त पार्ने निर्णय जुन दिनदेखि गरे त्यही दिनदेखि सुरु भएको थियो । संसद विघटन त प्रतिगमनको पटाक्षेप मात्रै थियो । 
    लोकतान्त्रिक गणतन्त्र , समानुपातिक सहभागिता , संघीयता तथा धर्मनिरपेक्षता सहितको वर्तमान संविधान निर्माण हुनुमा माओवादीको ठूलो योगदान छ । त्यसैले वर्तमान संविधान जोगाउँदै प्रभावकारी कार्यान्वयनका पक्षमा जुन जुन शक्ति छन् , ती शक्ति बीचको एकता अहिलेको खाँचो हो । सुशासन आजको प्रमुख आवश्यकता हो । प्रदेशको संरचनालाई कसरी औचित्यपूर्ण बनाउने ? भन्ने तर्फ ठोस राजनीतिक निर्णय जरुरी छ । एमालेबाट यी काम सम्पन्न हुँदैनन् भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।
    एमालेले भोट मागिरहेको पार्टी राप्रपाले त जनआन्दोलन २०६२–२०६३ का उपलव्धी समाप्त पार्न कतर्नु उद्याएर बसेको जग जाहेर छ । उसले घोषणापत्रमै भनेको छ । यतिबेला प्रतिगामी शक्तिहरुले मुख्य रणनीति भनेकै कांग्रेसका सबै भोट माओवादीका उमेद्वारलाई र माओवादीका सबै भोट कांग्रेसका उमेद्वारलाई नजाओस् भन्ने नै हो । यदी कांग्रेस र माओवादीका भोट गठवन्धन तथा चुनावी तालमेलको मर्म अनुसार आदन प्रदान भए भने प्रतिगामी शक्ति संग्राहलयमो खोज्नु पर्ने अवस्थामा पुग्ने निश्चित छ । त्यसैले केपी ओली यतिबेला विचित्रसँग छटपटाएका छन् । 
    महाभारतमा कृष्णले द्रोणाचार्यलाई भ्रममा पारेर ब्रह्मास्त्र बिशर्जन गर्न लगाए जस्तै कांग्रेसका मतदातालाई भ्रममा पारेर आफ्नो दुनो सोझ्उने बाहेक ओलीका लागि अर्को विकल्प छैन । किनकी गत आम निर्वाचनमा आँफुहरुलाई ओलीले हेपेको बदला लिन कांग्रेसका धेरै जसो मतदाता तयार भएर बसेका छन् यतिबेला । त्यसैले भ्रमका जे जस्ता उपाय छन् , ति सबै ओलीले प्रयोग गरिरहेका छन् । कांग्रेसका कार्यकर्ताले यतिबेला बुझ्नुपर्ने मुख्य कुरा के हो भने ,पाटीभित्र केही मतभिन्नता हुँदैमा चुनावको समयमा पाटीकै उमेदवारको बिरुद्धमा जानु पार्टी कार्यकर्ताको धर्म होइन । पृथ्वी गोलो छ भोलि पालो आउनेछ । स्वतन्त्र तथा छेउ टुप्पो पत्ता नलाग्ने पार्टीका उमेद्वारले फैलाएको भ्रममा पनि पर्नु जरुरी छैन । 
    राजनीतिक दल विना नेपालले अहिलेसम्म हासिल गरेको उपलब्धि सम्भव थियो ? भन्ने प्रश्न आँफैले आँफैलाई सोधे पुग्छ । राजनीतिक दलका कारण अधिकारहरू त सुनिस्चित भए होलान तर जनताको दुख त्यहीँ छ राजनीतिक पार्टीहरूलाई हेर्ने नजर र घृणा झन बढ्दो छ । यसको मुख्य कारक एमाले हो भन्ने कुरा ओली शासनको साँढे तीन वर्षको अवधीले पुष्टि गरिसकेको छ । किनकी यतिबेला पनि एमालेले गणतन्त्र ल्याउन क गिरिजाप्रसाद कोइराला सरह भन्दा बढि सक्रिय योगदान गरेका सिटौला हराउन आफ्नो उमेदवारी समेत नदिई राजाबादी लिङ्देललाई समर्थन गरेको छ । 
    शाही मन्त्री कमल थापालाई आफ्नो चुनाब चिन्ह नै दिएको छ । सिधा भाषामा भन्नुपर्दा नेकपा एमालेले गत आमनिर्वाचनमा पाएको जनम्यान्डेट चरम दुरुपयोग गरेका कारण अब पालो नेपाली कांग्रेसको हो । नेपाली कांग्रेसको मुख्य सामथ्र्य भनेकै आन्तरिक एकता हो । जुनबेला नेपाली कांग्रेसमा आन्तरिक एकता बलियो भएको छ, त्यो बेला नेपाली कांग्रेसले चुनाव हार्नु परेको छैन । चुनावी तालमेल कांग्रेसको दोस्रो सामथ्र्य हो । 
    आन्तरिक एकताविना चुनावी तालमेलको सुखद नतिजा आउँदैन । झन् प्रत्युत्पादक हुन्छ । भुइँको टिप्न खोज्दा पोल्टाको पोखिएको जस्तो हुन्छ । युद्ध जित्न कुशल रणनीति चाहिन्छ । निर्वाचन भनेको ‘ब्यालेट’ को माध्यमबाट लडिने युद्ध हो । चुनावी हार जितका लागि एउटा मतको पनि धेरै ठूलो महत्व हुन्छ । कहिलेकाहीँ त यस्तो परिस्थिति बन्छ कि एउटा मात्रै मत पनि निर्णायक हुन्छ । 
    टाढा जानु पर्दैन । डेढ वर्ष अघि गण्डकी प्रदेशसभामा सत्ता गठबन्धन र प्रतिपक्षको मत बराबर भयो । स्वतन्त्र सांसद दीपक मनाङे जता लाग्छन्, उतैको पल्ला भारी हुने अवस्था बन्यो । त्यसैले पहिले एमालेलाई साथ दिएर रोजेको मन्त्रालय प्राप्त गरेका मनाङेले यतिबेला कांग्रेस नेतृत्वको गठबन्धनलाई साथ दिएर रोजेको मन्त्रालय पाएका छन् । उनको छवी तथा पृष्ठभूमि विवादास्पद छ, तर उनी नभए ४९ प्रतिशत सिटको कुनै अर्थ रहेन । 
    वर्तमान निर्वाचन पद्धति अनुसार एउटै पार्टीले बहुमत हासिल गर्न संभव छैन । सरकार चलाउनका लागि गठवन्धन अनिवार्य छ । राजनीतिक दलले सत्ता स्वार्थलाई सर्वोपरी राख्नु उचित हो वा होइन रु भन्ने सन्दर्भमा आआफ्नै व्याख्या हुन सक्छन् । दृष्टिकोण फरकफरक हुन सक्छन्, तर चुनावमा होमिनुको मुख्य उद्देश्य भनेको सत्ता प्राप्ति नै हो । चुनाव जिते मात्रै सत्ता पाइन्छ । चुनाव जित्ने मुख्य आधार बनेको संगठन हो । सामान्यतः सबैभन्दा ठूलो संगठन भएको पार्टीको उम्मेदवारले चुनाव जित्छ, तर सानो संगठन भएका पार्टीहरू एकआपसमा तालमेल गरे भने ठूलो संगठन भएको पार्टीको उम्मेदवारलाई सजिलै चुनाव हराइदिन्छन् ।

    कुशल रणनीति अपनाउन सकेको अवस्थामा सानो संगठन भएको पार्टीका उम्मेदवारले पनि चुनाव जित्ने अवस्था रहन्छ भने, कुशल रणनीतिको अभावमा ठूलो संगठन भएको पार्टीले पनि चुनाव हार्न सक्ने संभावना रहन्छ । यो उदाहरण हेर्न टाढा जानु पर्दैन । गत आमनिर्वाचन हेरे पुग्छ । समानुपातिक तर्फको मत परिणाम हेर्दा नेपाली कांग्रेस माओवादी केन्द्रभन्दा तीन गुणा ठूलो देखियो । तर, प्रत्यक्ष तर्फको निर्वाचनमा नेपाली कांग्रेसले जम्मा २३ सिट जित्दै गर्दा माओवादी केन्द्रले ३५ सिट जित्यो । १२ प्रतिशत मत भएको माओवादी केन्द्रले ३५ सिट कसरी जित्यो ? ३६ प्रतिशत जनमत भएको नेपाली कांग्रेसले किन २३ सिटमा मात्रै चित्त बुझाउनु प¥यो ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने फेरि पनि चुनावी रणनीतिसँग जोडिन्छ । गत आमनिर्वाचनको समानुपातिक मत परिणाम हेर्ने हो भने नेकपा एमाले ७७ निर्वाचन क्षेत्रमा अगाडि छ । 
    नेपाली कांग्रेस ५३ निर्वाचन क्षेत्रमा अगाडि छ । माओवादी केन्द्र ११ निर्वाचन क्षेत्रमा अगाडि छ । तर चुनावचाँही एमालेले ८० वटा निर्वाचन क्षेत्रमा जित्यो, माओवादी केन्द्रले ३५ निर्वाचन क्षेत्रमा जित्यो, नेपाली कांग्रेसले जम्मा २३ निर्वाचन क्षेत्रमा जित्यो । कडा प्रतिस्पर्धाका चुनावमा दुई÷चार भोटको पनि ठूलो महत्व हुन्छ । बास्तवमा चुनावी राजनीतिको अंक गणित ज्यादै विचित्रको हुन्छ । कहिलेकाहीँ १ मा १ थप्दा ११ हुन्छ । तर, कहिलेकाहीँ १ मा १ थप्दा २ मात्रै हुन्छ । कुन ठाउँमा ११ हुन्छ ? कुन ठाउँमा २ मात्रै हुन्छ ? पार्टी संगठनको नेतृत्वकर्ताले विचार पु¥याउनुपर्ने भनेको यहीँनिर हो । उसले कुशलता प्रदर्शन गर्ने भनेको पनि यहीँनिर हो । जबसम्म एक्लै चुनाव जित्ने स्पष्ट अंक गणित पुग्दैन, तबसम्म तालमेलका लागि लचिलो हुनुबाहेक अर्को विकल्प रहँदैन । 
    उदाहरणका लागि प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट थियो, तर प्रधानमन्त्री केपी शर्मा ओली लचिलो बन्न नसक्दा सत्ता गुम्यो । जम्मा ६३ सिट भएको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो । विगतमा २० सिट भएको राप्रपालाई ८५÷८५ सिट भएका कांग्रेस र एमालेले पालैपालो सत्ताको नेतृत्व सुम्पिएका उदाहरणहरू पनि छन् । अहिलेको संविधानले त सामान्य अवस्थामा एक पार्टीले बहुमत ल्याउनसक्ने व्यवस्था नै गरेको छैन ।

     

     

    बिहीबार , मंसिर १ २०७९०६:५६:४४

    अञ्जु कार्की

    सम्बन्धित समाचार