images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
प्रतिनिधिसभा निर्बाचन 

महामन्त्री शर्माले भने   : " गठबन्धनका उम्मेदवारलाई जिताउनुस्, समृद्धि ल्याउँछौ "  

महामन्त्री शर्माले भने   : " गठबन्धनका उम्मेदवारलाई जिताउनुस्, समृद्धि ल्याउँछौ "  

बुधबार, कात्तिक ३० २०७९

  • 593
    SHARES

  • महामन्त्री शर्माले भने   : " गठबन्धनका  उम्मेदवारलाई  जिताउनुस्, समृद्धि  ल्याउँछौ "  


    चन्द्रगढी ( झापा ), कात्तिक । नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन ।  
    भद्रपुर नगरपालिका–१० स्थित वीपी चोकमा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताए मात्र विकासको सही अनुभूति हुने खालका काम हुने बताए ।   महामन्त्री शर्माले भने,  “कागजमा हेर्दा वा कानले सुन्दा आनन्द हुने विकास होइन, हामी आँखाले देख्ने गरी विकास गरेर देशको समृद्धि दिलाउँछौँ ।” 
    उनले नेपाली नागरिकलाई सुखी, खुसी र समृद्धिको यात्रामा लैजान आफ्नो उम्मेदवारी रहेकाले मतदातालाई जिताउन आग्रह गरेका हुन ।  कार्यक्रममा प्रदेश ‘१’ का उम्मेदवार गोपाल तामाङले राजनीतिलाई सेवा ठानेर चुनावी मैदानमा होमिएको बताए ।  
    यस्तै प्रदेशसभा (२) का उम्मेदवार श्यामवीर लिम्बूले मजदुर, किसान, सर्वहाराको उन्नतिका लागि इमान्दार भएका काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।  

    बुधबार, कात्तिक ३० २०७९०७:२४:०६

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार