images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
अध्यक्ष प्रचण्डले ताप्लेजुङमा भने   

शंका नगर्नुस निर्वाचनपछि पनि  गठबन्धनकै सरकार  : 'अबको ध्यान समृद्धितर्फ केन्द्रित हुन्छ'

शंका नगर्नुस निर्वाचनपछि पनि  गठबन्धनकै सरकार  : 'अबको ध्यान समृद्धितर्फ केन्द्रित हुन्छ'

बुधबार, कात्तिक ३० २०७९

  • 617
    SHARES

  • शंका नगर्नुस निर्वाचनपछि पनि  गठबन्धनकै सरकार  : 'अबको ध्यान समृद्धितर्फ केन्द्रित हुन्छ'
    फाइल तस्बीर


    काठमाडौँ, कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताए । आज गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको  बताए ।  
    उनले भने , “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो ।  देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने छ ।” 
    परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उनले अब दृढ सङ्कल्पसहित गठबन्धन अघि बढेको बताए । मङ्सिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रुपमा लिन पनि उनले आग्रह गरे ।  
    '

    'देश विकास गर्नका लागि गठबन्धन ' : प्रवक्ता डा महत
    नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देश विकास गर्न गठबन्धन आवश्यकता रहको बताएका छन ।  आज ताप्लेजुङको सदरमुकाममा वाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देश विकास र संविधानको रक्षा गर्न गठबन्धन आवश्यक रहेको बताए । 
    देश अस्थिरताबाट जोगाई   समृद्ध बनाउनका लागि गठबन्धन भएको उनले जनाउँदै यो गठबन्धनको लामो समयसम्म रहने दाबी गरे । 
    उनले भने,  “संसद् विघटनपछि यो गठबन्धन बन्न पुगेको हो । यो गठबन्धनले देश समृद्ध बनाउन बनेको छ । संविधानको रक्षा गर्दछ ।” उनले गठबन्धनको अबको सङ्कल्प देश विकास गर्नु नै रहेको बताए । 

    बुधबार, कात्तिक ३० २०७९०६:५३:०१

    डेमो खबर

    सम्बन्धित समाचार