images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
अमेरिका - चीन सम्बन्ध 

बालीमा बाइडन - सी भेट : "सी बाइडनबीच  द्वन्द्व टार्नुपर्नेमा पक्षमा दुबैको जोड "

बालीमा बाइडन - सी भेट : "सी बाइडनबीच  द्वन्द्व टार्नुपर्नेमा पक्षमा दुबैको जोड "

मंगलबार, कात्तिक २९ २०७९

  • 357
    SHARES

  • बालीमा बाइडन - सी भेट : "सी बाइडनबीच  द्वन्द्व टार्नुपर्नेमा पक्षमा दुबैको जोड "

    मेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिन्पिङसँग राष्ट्रप्रमुखका हैसियतमा इन्डोनेशियाको बालीमा पहिलो प्रत्यक्ष भेटघाट गरेका छन्।   'दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला दुई नेताबीच झण्डै तीन घण्टा बैठक भएको हो।आफ्नो एउटा सुरुवाती मन्तव्यमा बाइडनले अमेरिका र चीनबीच' द्वन्द्वू टार्नुको आवश्यकताबारे बोलेका थिए।

    बीबीसीका अनुसार, 'बाइडनले ताइवानप्रति चीनको बढ्दो आक्रामक व्यवहारबारे असन्तोष पोखेको बताइएको छ। स्वशासित टापु ताइवानलाई बेइजिङले आफ्नो भूभाग भएको दाबी गर्छ तर ताइवानले आफूलाई अलग्गै ठान्छ।'
    बैठकअघि बाइडनले ताइवानका विषयमा आफूहरू दुईले 'आफ्ना रेड लाइन' के हुन् भन्ने तय गर्ने बताएका छन्। बैठकपछि चिनियाँ सञ्चारमाध्यमहरूले जनाए अनुसार सी जिन्पिङले ताइवान मामिलामा 'रेड लाइन'  नकाट्न चेतावनी दिएको बताइएको छ।
    बाइडनले आफूहरू दुईबीच खुला सम्पर्क सुत्र कायम गर्न प्रतिबद्ध रहेको' भन्दै त्यसले दुई देशलाई जलवायु परिवर्तन र असुरक्षा सहितका आपत्कालीन विश्व मुद्दामा सहकार्यू गर्न सम्भव गराउने बताए।
    उनले सी जिन्पिङसँगको वार्तामा युक्रेन युद्ध र उत्तर कोरियाको उक्साहटपूर्ण व्यवहारबारे चासो व्यक्त गरेका थिए। मङ्गलवार सुरु हुने जी - २० बैठकका लागि विश्व नेताहरू यतिखेर इन्डोनेशियामा छन्।

    सीले के भने ? 
    चिनियाँ राष्ट्रपतिले पाँच वर्षअघि आफूहरू स्विजरल्याण्डको डाभोसमा प्रत्यक्ष भेटेपछि अनलाइन संवादहरू जारी राखेको बताए। तर उनले प्रत्यक्ष भेट्ने कुराको बेग्लै महत्त्व हुने बताए।
    'हामीले अनुभवहरू हासिल गर्‍यौँ तर पाठहरू समेत सिक्यौँ। इतिहास सबैभन्दा ठूलो पुस्तक हो र हामीले इतिहासलाई ऐनाको रूपमा हेर्नुपर्छ',  सीले बाइडनलाई भने।
    'हाल अमेरिका-चीन सम्बन्ध कठिन अवस्थामा छ र हामी यसबारे निकै चिन्तित छौँ‘दुई मुख्य देशका नेताका हैसियतले हामीले सही बाटो पहिल्याउनुपर्ने छ।'

    मंगलबार, कात्तिक २९ २०७९१०:०८:०६

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार