images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images

'पत्थर जस्तो दिल' म्युजिक भिडियो सार्वजनिक

'पत्थर जस्तो दिल' म्युजिक भिडियो सार्वजनिक

शुक्रबार, कात्तिक ११ २०७९

  • 657
    SHARES

  • 'पत्थर जस्तो दिल' म्युजिक भिडियो सार्वजनिक
    फाइल तस्बीर

    साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको 'पत्थर जस्तो दिल' नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा चर्चित गजल गायक थानेश्वर गौतमले सङ्गीत तथा स्वर प्रदान गर्नुभएको छ । गजललाई कमल सौरागले सङ्गीत संयोजन गर्नुभएको हो ।

    मनोरञ्जनात्मक यस भिडियोमा एउटा युवाले एउटी युवतीलाई पहिलोपटक हेरेपछि उसको रुपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा सुधीर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय छ ।

    रचनाकार ज्ञवाली निर्माता रहेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो । गायक गौतमको आधिकारिक च्यानल थानेश्वर गौतममार्फत भिडियो सार्वजनिक भएको छ ।

    म्युजिक भिडियोमा ,झट्ट हेर्दा तिमीलाई माया गरौँ, गरौँ भो,पत्थर जस्तो दिल मेरो नरम नरम भो, छिनेको कम्मर तिम्रो, मच्किने चाला,वैँशालु नजर ठूलै मलाई हेर्दा खेरी ;तिम्रो नजिक मलाई सरौँ सरौँ भो,भेट्न तिमीलाई बेँशीतिर झरौँ झरौँ भो' लगायत बोलका गीत समावेश गरिएको छ ।

    विगत १२ वर्षदेखि सपरिवार क्यानडा बस्दै आउनुभएका युवा साहित्यकार ज्ञवाली विदेशमा बसेर पनि नेपाली कला–साहित्यलाई अगाडि बढाउन प्रयासरत हुनुहुन्छ । उहाँका दर्जनौँ गजल र कविता सार्वजनिक भएका छन् ।

    शुक्रबार, कात्तिक ११ २०७९०६:३६:५४

    डेमो खबर

    सम्बन्धित समाचार