images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
स्वास्थ्य मन्त्रालय भन्छ 

नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ फेला : " जनस्वास्थ्यका मापदण्ड अपनाउँ"

नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ फेला : " जनस्वास्थ्यका मापदण्ड अपनाउँ"

सोमबार, कात्तिक ७ २०७९

  • 609
    SHARES

  • नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ फेला : " जनस्वास्थ्यका मापदण्ड अपनाउँ"


     नेपालमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताएका छन । 
     उनका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज २४ गतेसम्म कोरोना भाइरस भएका सङ्क्रमितबाट नमूना सङ्कलन गरेर जिनोमिक पहिचान गर्दा ओमिक्रोन सबभेरियन्ट ‘एक्सबिबी’ पत्ता लागेको हो ।
    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती नमूनाको परीक्षण गरिएको थियो । मन्त्रालयले तिहार र छठपर्वजस्ता चाडपर्वमा सङ्क्रमण फैलिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । 
    अहिले दैनिक ५० जनाको हाराहारीमा कोरोना भाइरसका बिरामी भेटिरहेका छन् । मन्त्रालयले  मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुनपानीले हात धुन आग्रह गरेको छ ।

    सोमबार, कात्तिक ७ २०७९०९:११:०५

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार