images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
'महापुरुष'- प्रदर्शनको तयारी

अभिनेता मदनकृष्ण श्रेष्ठले भने : " स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु "

अभिनेता मदनकृष्ण श्रेष्ठले भने : " स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु "

बिहीबार , कात्तिक ३ २०७९

  • 649
    SHARES

  • अभिनेता मदनकृष्ण श्रेष्ठले भने : " स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु "

    हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन ।  उहाँ अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरेका छन ।  
    “मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिले काहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु”, अभिनेता श्रेष्ठले भने । महापुरुष नेपाली चलचित्र भाइटिकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ । 

    उनी पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको स्वीकार्नुहुन्छ । यद्यपि महसञ्चारबाट बनेका भिडियो सामग्रीमा सकेको समय काम गरिरहेका  छन। 
    “बाहिर काम गर्न केही असहज भने हुन्छ, महसञ्चारमा भने सुविधा अनुसार काम गर्ने गरेको छु । यो फिल्ममा हाम्रै टेलिशृङ्खलाबाट निर्देशनको सुरुआत गर्नुभएका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ”, अभिनेता श्रेष्ठले भने ।

    लेखकसँगै निर्देशकसमेत रहनुभएका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृश्य तयार गरिएको जानकारी दिए ।  “काठमाडौँमै छायाङ्कन हुने भएकाले उहाँको सुविधा अनुसार अभिनय गराएको हुँ ।

    मदन दाइ र हरि दाइ मेरा लागि स्कुल हुनुहुन्छ । उहाँहरूलाई ठूलो पर्दामा दोस्रो पटक निर्देशक गर्न पाउँदा खुसी लागेको छ”, निर्देशक भट्टराईले भने । 

    उहाँहरूले यस अगाडि ‘शत्रु गते’ मा काम गरेका थिए ।  पत्रकार सम्मेलनमा हास्यकलाकार एवम् अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गरे । 
    “मदन दाइलाई पर्दामा सँगै पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ । यसअगाडिका फिल्महरूझैँ यसमा पनि उहाँ जोडिँदा धन्य भएको छु”, अभिनेता आचार्यले भने ।  
    फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन । 

    बिहीबार , कात्तिक ३ २०७९०४:१९:१३

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार