images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images

सरकारसँग प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना गरी अघि बढ्छौ : कार्यकारी अध्यक्ष थापा

सरकारसँग प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना गरी अघि बढ्छौ : कार्यकारी अध्यक्ष थापा

सोमबार, असोज १७ २०७९

  • 657
    SHARES

  • सरकारसँग प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना गरी अघि बढ्छौ : कार्यकारी अध्यक्ष थापा


    काठमाडौँ, असोज । “नेपालीका लागि नेपाली” भन्ने मुल मन्त्रका साथ नेपाललाई समृद्ध बनाउने महान अभियानका साथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन सम्पन्न भएको ६ महिना पूरा भएको छ । 
    अति विषम परिस्थितिमा गत मार्च महिनामा सम्पन्न सो महाधिवेशनले पहिलो पटक संघको नेतृत्वमा बहुपदीय नेतृत्व सर्वसम्मतले चयन गरेको थियो । सहमतीय प्रणाली अनुरुप पहिलो ६ महिना संघको कार्यकारी भूमिकामा नेतृत्व समाल्नु भएका अध्यक्ष कुल आचार्यप्रति धन्यवाद ज्ञापन गर्दछु । 
    आगामी दिनमा संघको कार्यकारी अध्यक्षको रुपमा काम गर्ने उद्देश्यले केही प्राथमिकताहरु यहाँहरु समक्ष लिएर उपस्थित भएकी छु ।  गैरआवासीय नेपाली संघले यस अघिदेखि नै उठाउँदै आएका सामूहिक लगानी कोष, नेपालमा पर्यटन प्रर्वधन, वैदेशिक रोजगारीमा रहेकाहरुको लागि सामाजिक सुरक्षा कोष, नेपाली नागरिकतको निरन्तरता, पैतृक सम्पतीको सुरक्षा लगायतका कामलाई मूर्तरुप दिन सरकारसँग प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना गरी अघि बढ्ने वातावरण तयार गर्नमा मेरो ध्यान केन्द्रित रहने बिद्दप्तिमा भनिएको छ ।  
    विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन संघले यस अघिदेखि गर्दै आएको विज्ञ सम्मेलनलाई नियमित र प्रभावकारी बनाउन पहल गर्ने छु । यसअघि जस्तै गैरआवासीय नेपाली संघ समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिनेछ । 
     त्यसैगरी, गत निर्वाचनमा देखिएको असमजदारीलाई पूर्णमा अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने संस्थामा आत्मिय एकता कायम गर्ने मेरो पहिलो प्राथामिकता रहने छ । संस्था भित्रको एकतालाई अझ मजबुत बनाउनका लागि मेरो सक्रिय भूमिका रहने जनाइएको छ । 
    संघको अभियानबाट बाहिर रहेका सदस्यहरुलाई समेत मुलधारमा ल्याउन पुर्णरुपमा मेरो पहल रहनेछ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई चुस्त र विवादरहित बनाउन दक्ष जनशक्तिको परिचालन गरिनेछ । 
     बिज्ञप्तिमा भनिएको छ, “एक प्रदेश, एक मोबाईल ब्लड बस” परियोजनाबाट कम्तिमा ३ वटा प्रदेशमा सञ्चालनका लागि आइसीसी एनसीसी  तथा सरोकारवालाहरुसँग समन्वय आर्थिक सहयोग संकलन गर्ने र खरिद गरि हस्तान्तरण गरिने छ ।
    ड्डरेस्टरूम परियोजना अन्तर्गत नेपाल दुर्गम तथा केही सहरी क्षेत्रमा निर्माण गर्ने योजना तर्जुमा गरि लागु गरिने  जनाइएको छ । 
    संघले नेपालमा रहेका सम्पूर्ण सरोकारवाला निकायहरुसंग सहकार्य गरि समृद्ध नेपाल निर्माण टेवा पुर्याउने योजना तर्जुमा गरि कार्यान्वयन गरिने उल्लेख छ । “एक पल्टको नेपाली, सधैको नेपाली” लाई सार्थक बनाउन नेपाल सरकार तथा राजनैतिक दलहरु समक्ष आग्रह गरि गैरआवासीय नेपाली नागरिकता प्रमाणिकरण गराउन पहल गरिने छ । डेलिगेस प्रणालीलाई सहजीकरण गरिने छ ।
    यसैगरी, नेपालमा बेरोजगारी कम गर्ने उदेश्यले  ुपढ्दै कमाउँदैस जस्ता आयमुल र सिपमूलक कामको लागि संस्थाभित्र आउने परियोजनालाई अघि बढाइने छ । साथै बिधान मा उल्लेखीत सबै तह का पदपुर्ती गरिने छ र सस्थां लाई बृहत बनाऊन कोशीस गर्ने  कार्यकारी अध्यक्ष रबिना थापाको भनाइृ छ । 
    यही अक्टोवर ११ देखि १३ तारिखसम्म हुने संघको वार्षिक साधारणमा प्रस्तुत हुने विधानलाई आम सहमतिको दस्तावेजको रुपमा अनुमोदन गरेर संघको आगामी महाधिवेशनमा नेतृत्वको लागि हुने निर्वाचनलाई सुनिश्चत गर्नको लागि सबै राष्ट्रिय समन्वय परिषद, वर्तमान कार्यसमिति तथा संघका सदस्यहरुसँग हार्दिक अपिल गर्दछु । 

     

    सोमबार, असोज १७ २०७९१०:२८:४७

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार