images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
हनुमानढोका दरबार 

नवदुर्गाको विशेष पूजा : 'दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिँदै'

नवदुर्गाको विशेष पूजा : 'दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिँदै'

सोमबार, असोज १० २०७९

  • 11.5K
    SHARES

  • नवदुर्गाको विशेष पूजा : 'दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिँदै'


    काठमाडौँ, असोज । काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आज वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु भएको छ । 
    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १० : २३ बजेको साइतमा घटस्थापना गरी जमरा राखेर विधिवत् रुपमा नवदुर्गाका पूजा आराधना सुरु भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले  जानकारी दिएका छन । 

    दसैँ घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना सुरु भएको छ घटस्थापनाका अवसरमा शार्दुलजङ्ग गुल्मका सैनिकले बडाइँ गरेको उनले सुनाए । । गुल्ममा पनि घटस्थापनासहित जमरा राखिएको छ । यस अवसरमा मङ्गलिनीले मङ्गल धुन पनि गाएका थिए । यो क्रम महानवमीका दिनसम्म जारी रहने जनाइएको छ ।
    नवरात्रका अवसरमा आजैदेखि काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । 
    पशुपति क्षेत्रस्थित गुह्येश्वरी, जयवागेश्वरीलगायत देवी मन्दिर, हनुमानढोका दरबार क्षेत्रका देवी मन्दिरलगायत स्थानका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड देखिन्थ्यो ।
    रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनःमिलनको पर्वका रुपमा लिइन्छ । 
    पूजा कोठा वा दसैँ घरमा आज विधिपूर्वक राखिएको घडाको जलले विजयादशमीका दिन अभिषेक गरी समृद्धिको प्रतीक जमरासहित मान्यजनबाट टीका लगाइन्छ । टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

    सोमबार, असोज १० २०७९१०:११:२४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार