images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
बडादशैँ पर्व सुरु

उपत्यका बाहिरिनेको भीड  : " बढ्न थाले थात थलो फर्कने यात्री, परिवारका साथ महान् पर्व मनाउँदै "

उपत्यका बाहिरिनेको भीड  : " बढ्न थाले थात थलो फर्कने यात्री, परिवारका साथ महान् पर्व मनाउँदै "

सोमबार, असोज १० २०७९

  • 905
    SHARES

  • उपत्यका बाहिरिनेको भीड    :   " बढ्न  थाले  थात  थलो  फर्कने  यात्री, परिवारका साथ  महान् पर्व मनाउँदै  "

     

    काठमाडौँ, असोज । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका व्यक्ति दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । 


    काठमाडौँ उपत्यका बाहिर जाने यात्री आजैदेखि बढ्ने गर्छन् । नयाँ बसपार्क, कलङ्कीलगायत स्थानमा काठमाडौँ उपत्यका बाहिरिनेको भीड देखिन्छ ।
    धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिएका छन् ।

    शैक्षिक संस्था बिदा भएसँगै विद्यार्थी, शिक्षक, प्राध्यापकलगायत आजैदेखि आ–आफ्ना घर जान्छन् । देश विदेशबाट गाउँ फर्कनेहरू बढ्न थालेसँगै देशका ग्रामीण भेगमा पनि बडा दशैँको चहल पहल सुरु हुन्छ ।

     

    सोमबार, असोज १० २०७९११:०३:५४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार