images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
बिमा समिति सुदूरपश्चिम

अर्थमन्त्री शर्माले भने : " सुदूरपश्चिममा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ "  

अर्थमन्त्री शर्माले भने : " सुदूरपश्चिममा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ "  

शुक्रबार, असोज ७ २०७९

  • 657
    SHARES

  • अर्थमन्त्री शर्माले भने : " सुदूरपश्चिममा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ "  


    कैलाली,  असोज । अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औँल्याएका छन । ।  बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए ।  
    उनले भने,  “अहिले नेपालभर समग्रमा बिमाको पहुँच ४१।२ प्रतिशत छ ।  सुदूरपश्चिम प्रदेशमा १९।१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।”
    उनका अनुसार देशभरि विभिन्न बिमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन् ।

    “अहिले बिमा संस्थानले दिएको प्रत्यक्ष बिमा सन्दर्भका रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा ६८७ मात्रै रहेको छ”, मन्त्री शर्माले भने ।  “यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बिमाको पहुँचबाट अलि टाढा जस्तो छ ।”
    अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बिमाका रहेको स्पष्ट पार्दै बिमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने छ भने ।  
    लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बिमाको मुख्य उद्देश्य रहेको उनले बताए । 
    कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बिमाले ठूलो सहयोग गरेको बताए । उनले भने, “सबै क्षेत्रमा यो बिमा जानु पनि जरुरी छ ।” 
    भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बिमालाई व्यापकरुपमा लग्न प्रदेश सरकार तयार रहेको बताएका छन । 
    बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने  संयन्त्रको रुपमा बिमालाई लिनुपर्ने धारणा व्यक्त गरे ।  उनले भने,  “यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।”

    शुक्रबार, असोज ७ २०७९०६:३२:४०

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार