images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र

अध्यक्ष दाहालले भने :  'उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै सक्रिय'

अध्यक्ष दाहालले भने :  'उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै सक्रिय'

शुक्रबार, असोज ७ २०७९

  • 489
    SHARES

  • अध्यक्ष दाहालले भने :  'उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै सक्रिय'


    काठमाडौँ, असोज ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको पालना हुन नसकेको आरोप लगाएका छन । 
    पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीको तेस्रो राष्ट्रिय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रपतिबाट भएको यो कार्यलाई  सामान्यरुपमा लिन नमिल्ने धारणा पनि राखे ।  
    अध्यक्ष दाहालले मुलुकमा ऐतिहासिक जनआन्दोलन र जनयुद्धका उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै क्रियाशील रहेको बताए ।  उनले गत वर्ष संसद् विघटनबाट सुरु भएको प्रतिगमन त्यतिबेलाका लागि परास्त गरिए पनि त्यो अझै नरोकिएको समेत बताए ।  यसका विरुद्धमा आन्दोलनको तयारी गर्न अध्यक्ष प्रचण्डले किसानलाई आग्रह गरे ।   
    “हामीले आवाज उठाएनौँ भने प्रतिगमनको फँडाले फेरि डस्न सक्छ, किनकी यसले ऐतिहासिक उपलब्धिविरुद्ध रातदिन प्रहार र षडयन्त्र गरिरहेको छ”, उनले भने ।  यसका साथै अध्यक्ष दाहालले प्राप्त उपलब्धिलाई सिध्याउन नेतृत्वमाथि प्रहार गर्ने क्रममा आफूमाथि भ्रष्टाचारका साथै अन्य खालका झुटा प्रचार केन्द्रित गरिएको बताए । 
    “भारत गएका बेला हुँदै नभएको भेटलाई पनि भेटभयो भन्दै नितान्त झुटा प्रचार गरिएको छ”, अध्यक्ष दाहालको भनाइ थियो । आफूले दुई पटक सरकारको नेतृत्व गर्दा ‘भ्रष्टाचार भयो’ भन्ने अवसर कसैलाई नदिएको भन्दै उनले अहिले करोडौँ खर्च गरेर आफूविरुद्ध प्रचार केन्द्रित गरेको बताए ।  
    अध्यक्ष दाहालले वामपन्थी शक्तिको एकताका लागि आफू क्रियाशील रहिरहेको जानकारी पनि सम्बोधनका क्रममा दिएका छन ।  भेलामा नेकपा (एकीकृत समाजवादी)  निकट अखिल नेपाल किसान महासङ्घका नेता बलराम बाँस्कोटाले दाहाललाई वामपन्थी पार्टीबीच एकता गर्ने कार्यमा खुट्टा नकमाउन आग्रह गरेका छन ।  भेलामा महासङ्घ आबद्ध २४ वटा किसान सम्बद्ध घटक सङ्गठनको सहभागिता रहेको छ । 

    शुक्रबार, असोज ७ २०७९०६:०१:२०

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार