images
Logo

आइतबार, असोज ९ २०७९Sep 25 2022

images

बारा  : ४४ जनामा डेङ्गु पुष्टि

बारा  : ४४ जनामा डेङ्गु पुष्टि

बिहीबार , असोज ६ २०७९

  • 101
    SHARES

  • बारा  : ४४ जनामा डेङ्गु पुष्टि


    बारा,  असोज । बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ । डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ ।  बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिएका छन । 
    उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेङ्गुका बिरामी फेला परेका छन् । केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको यादवले बताएका छन ।  
    डेङ्गु परीक्षण गर्न कीटको अभाव भएको छ । कीट आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराएको यादवले बताए ।  डेङ्गु अझै बढ्न सक्ने उनको भनाइ छ । बारामा डेङ्गुबाट अहिलेसम्म कोहीको पनि मृत्यु भएको छैन । 
    डेङ्गुबाट बच्न घर वरपर सरसफाइ, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिन र सावधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा विकेश पाण्डेयले सुझाव दिएका छन ।   

    बिहीबार , असोज ६ २०७९०७:१५:३३

    डेमो खबर

    सम्बन्धित समाचार