images
Logo

आइतबार, असोज ९ २०७९Sep 25 2022

images
प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन

कांग्रेसले थाल्यो घोषणापत्र बनाउन : 'स्थापनाकालदेखिकै दस्तावेज एवं घोषणापत्र अध्ययन गरिँदै

कांग्रेसले थाल्यो घोषणापत्र बनाउन : 'स्थापनाकालदेखिकै दस्तावेज एवं घोषणापत्र अध्ययन गरिँदै

बिहीबार , असोज ६ २०७९

  • 241
    SHARES

  • कांग्रेसले थाल्यो घोषणापत्र बनाउन : 'स्थापनाकालदेखिकै दस्तावेज एवं घोषणापत्र अध्ययन गरिँदै


    काठमाडौँ, असोज । नेपाली कांग्रेसले छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नवीनता’ को दृष्टि केन्द्रमा राखेर पार्टीको घोषणापत्र निर्माण गर्ने भएको छ । 
    कांग्रेसको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको आज बसेको प्रथम बैठकले सो निर्णय गरेको समितिका सदस्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिएका छन । 
    समितिका संयोजक एवं पार्टी महामन्त्री विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्रहरू अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्न सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र शङ्कर तिवारी सदस्य रहनुभएको अध्ययन र विश्लेषण उपसमिति गठन गरेको छ ।
    यसैगरी बैठकले समिति सदस्य डा स्वर्णिम वाग्लेको संयोजकत्वमा सदस्यहरू गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्णप्रसाद पौडेल, दीपेश घिमिरे र डा प्रिति मण्डल सदस्य रहनुभएको प्रारम्भिक मस्यौदा उपसमिति गठन गर्ने निर्णय गरेको छ । 
    बैठकले घोषणापत्र तयारीका लागि आवश्यक विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँट गरेको सदस्यसचिव डा पराजुलीले जानकारी दिएका छन । 

    बिहीबार , असोज ६ २०७९०९:४०:४६

    डेमो खबर

    सम्बन्धित समाचार