images
Logo

आइतबार, असोज ९ २०७९Sep 25 2022

images

'बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ’ : अभिनेता आचार्य

'बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ’ : अभिनेता आचार्य

बुधबार, असोज ५ २०७९

  • 165
    SHARES

  • 'बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ’ : अभिनेता आचार्य


    काठमाडौँ, असोज । अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारीपश्चात् नेपाली फिल्म बजारमा बढी नै उतार चढाव देखिएको बताएका छन ।  
    उनी अभिनित फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता आचार्यले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएका र केहीले भने अपेक्षा भन्दा निकै कम व्यापार गरेको बताए ।  
    अहिले आर्ट र कमर्सियल भ्यालु बोकेका फिल्म बजारमा दर्शकले पर्खिरहेको विचार राख्दै त्यो ‘महापुरुष’ रहेको बताए ।  “अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोजेका छन  । महापुरुषमा यी दुवैको मिश्रण छ । यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ”, उनले भने ।  नेपाली फिल्मको बढ्दो बजारलाई यसले अझै फाइदा पु¥याउने उनले बताए ।  
    केही समययता आर्ट भ्यालु बढी भएका फिल्ममा दर्शकको उपस्थिति कम देखिएको उनले बताए । अभिनेता आचार्यले पूर्णरुपमा व्यावसायिक कलात्मक फिल्म ‘महापुरुष’ रहेको बताए ।  “यसपटक स्क्रिप्ट झनै मेहनत गरेको पाएँ । यो टिमले निर्माण गरेको अघिल्लो फिल्मको तुलनामा यो उत्कृष्ट छ”, उनले भने ।  
    जात्रा, ‘सत्रुगत’ र ‘जात्रै जात्रा’को सफलताले आफूलगायत टिममा दायित्व थपिएको निर्देशक प्रदीप भट्टराईले बताए ।  “हामीलाई दर्शकले गर्नुहुने विश्वासले थप जिम्मेवार बनाएको छ । यसपटक हामीले समाजको गम्भीर विषयलाई सरल तरिकाले देखाउने कोसिस गरेका छौँ । समाजमा विध्यमान सोचलाई भत्काउने प्रयास हाम्रो हो”, उनले भने ।  

    बुधबार, असोज ५ २०७९०९:१२:०१

    डेमो खबर

    सम्बन्धित समाचार