images
Logo

आइतबार, असोज ९ २०७९Sep 25 2022

images
नागरिकता बिधेयक 

मधेसवादी नेता भन्छन : ‘विधेयक प्रमाणित नहुँदा लोकतन्त्र कार्यान्वयनमा चुनौती ’

मधेसवादी नेता भन्छन : ‘विधेयक प्रमाणित नहुँदा लोकतन्त्र कार्यान्वयनमा चुनौती ’

बुधबार, असोज ५ २०७९

  • 189
    SHARES

  • मधेसवादी नेता भन्छन : ‘विधेयक प्रमाणित नहुँदा लोकतन्त्र कार्यान्वयनमा चुनौती ’


    काठमाडौँ, असोज ।  जनता समाजवादी पार्टीले संविधानले दिएको समयसीमाभित्र राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नभएको घटनाले  देश, लोकतन्त्र र संविधान कार्यान्वयनमा चुनौती खडा भएको जनाएको छ ।
    पार्टी नेता रामसहायप्रसाद यादवले  राष्ट्रपतिबाट विधेयक समयमा प्रमाणीकरण नहुँदा लोकतन्त्र, जनताको सार्वभौम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको अपमान एवं अवमूल्यन भएको बताएका छन । 
    उनले भने,  “राष्ट्रपतिले नागरिकता विधेयकलाई मात्र हेर्न हुन्न, दुवै सदनबाट दुई पटक पारित भएर पुनः प्रमाणीकरण पठाइएको विधेयकमा संवैधानिक अधिकार र जिम्मेवारीबाट बाहिर जाने काम भएको छ । नेपाली नागरिकका लाखौँका सङ्ख्यामा रहेका सन्तान अनागरिक बन्ने र संवैधानिक हकबाट वञ्चित हुने स्थिति भएको छ ।”
      
    विधेयक प्रमाणीकरण नभएको अवस्थाले संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थामा  प्रहार भएको उल्लेख गर्दै  नेता यादवले  भने, “यो घटनाले ठूलो  षडयन्त्रको सङ्केत गरेको छ । संविधानभन्दा बाहिर गएर जुनसुकै व्यक्तिले काम गर्नुहुँदैन ।”
      
    लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण  देशमा राष्ट्रपति, कार्यपालिका, न्यायपालिका र  विधायिकाले नै संविधान नमान्ने स्थितिले लोकतन्त्रलाई सुदृढीकरण गर्न नसक्ने बताए ।  उनले भने,  “दुवै सदनबाट पारित भई पेश भएको विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपतिको संवैधानिक बाध्यता हो ।
     प्रमाणीकरण भएन भने विकल्पका रुपमा सरकारले अध्यादेश जारी गर्नुपर्छ । यो घटनालाई गम्भीररुपमा लिनुपर्छ, अन्यथा संविधान कार्यान्वयनमा असर पर्छ ।” 

    बुधबार, असोज ५ २०७९०७:३७:५५

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार