images
Logo

आइतबार, असोज ९ २०७९Sep 25 2022

images
‘दोस्रो नेपाल चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मेलन’

प्रधानमन्त्री  देउवाले भने : "अर्थतन्त्र चलायमान बनाउन सरकार क्रियाशील "

प्रधानमन्त्री  देउवाले भने : "अर्थतन्त्र चलायमान बनाउन सरकार क्रियाशील "

मंगलबार, असोज ४ २०७९

  • 241
    SHARES

  • प्रधानमन्त्री  देउवाले भने : "अर्थतन्त्र चलायमान बनाउन सरकार क्रियाशील "


    काठमाडौँ, असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले डेङ्गुको रोकथाम र नियन्त्रणका लागि सरकारले निरन्तर पहल गरिरहेको बताएका छन ।  आज यहाँ ‘दोस्रो नेपाल चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मेलन’को उद्घाटन गर्दै उनले  भने, कोभिड–१९ को महामारी नसकिँदै डेङ्गुको सङ्क्रमण बढेकाले रोकथाम र नियन्त्रण गर्नुका साथै उपचारको व्यवस्था गरिएको  छ । 
    स्वास्थ्य पूर्वाधार विस्तार गरेर महामारी नियन्त्रण गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकार क्रियाशील रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।  कोभिड–१९ महामारीजस्तै डेङ्गु नियन्त्रण गर्नका लागि चिकित्सक सङ्घको सहयोग आवश्यक रहेको उनको भनाइ रहेको थियो । “सबैको सहयोगबाट कोभिड–१९ जस्तै डेङ्गुको सङ्क्रमण पनि सामान्य अवस्थामा ल्याउन विश्वास लिएको छु”, उनले भने ।  
    उनले कोरोना भाइरस र डेङ्गुको उपचारका लागि सरकारले सबै व्यवस्था गरेको जानकारी दिएका छन ।  उनले सम्मेलनमा गरिने छलफल, परामर्श र सुझावलाई सरकारले ग्रहण गर्दै स्वास्थ्यका नीति तथा रणनीति तयार पार्न सहयोग मिल्नेसमेत बताएका छन ।  

    उनले स्वास्थ्य बहुआयामिक विषय रहेकाले कुनै पनि विषयका समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको भन्दै कोरोना भाइरस होस् वा डेङ्गु होस् सबैको सामूहिक प्रयासले नियन्त्रण गर्न सकिन्छ भन्नेमा दुईमत नभएको बताए ।  
    सङ्घका अध्यक्ष डा लोचन कार्कीले दुई दिनसम्म चल्ने सम्मेलनमा स्वास्थ्यका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिने र ती कार्यपत्रबाट निस्केका निष्कर्षले सरकारलाई सुझाव दिने बताएका छन ।  सम्मेलनमा देशभरिबाट पाँच सयभन्दा बढी चिकित्सकको सहभागिता छ । 

    मंगलबार, असोज ४ २०७९०६:३९:५८

    डेमो खबर

    सम्बन्धित समाचार