images
Logo

आइतबार, असोज ९ २०७९Sep 25 2022

images

समानुपातिकतर्फको बन्द सूची  : ' माओवादी केन्द्रले सोमबार मात्रै बुझाउने '

समानुपातिकतर्फको बन्द सूची  : ' माओवादी केन्द्रले सोमबार मात्रै बुझाउने '

आइतबार, असोज २ २०७९

  • 133
    SHARES

  • समानुपातिकतर्फको बन्द सूची  : ' माओवादी केन्द्रले सोमबार मात्रै बुझाउने '


    काठमाडौँ, असोज । नेकपा  (माओवादी केन्द्र) को आजको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । 

    सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने आज बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ । 
    सङ्घीय तथा प्रदेशसभाका लागि प्रदेश र जिल्लाबाट सिफारिश भएका नाममाथि छलफल गरी निष्कर्ष निकाल्नका लागि केही छलफल गर्नुपर्ने भएकाले थप समय लागेको बताइएको छ । 

    निर्वाचन आयोगले आज र भोलिसम्म समानुपातिकतर्फको सूची बुझाउने कार्यतालिका तय गरेको छ । माओवादी केन्द्रका नेता गणेश साहका अनुसार  जिल्ला र प्रदेशबाट आएका नाममाथि मसिनो गरी  छलफल गरेर आवश्यक निर्णय गरिने माओवादीले जनाएको छ । 

    आइतबार, असोज २ २०७९०७:४९:४७

    डेमो खबर

    सम्बन्धित समाचार