images
Logo

आइतबार, असोज ९ २०७९Sep 25 2022

images

निजामति सेवा : 'सुधारमा छलफल मात्रै ' 

निजामति सेवा : 'सुधारमा छलफल मात्रै ' 

बुधबार, भदौ २२ २०७९

  • 325
    SHARES

  • निजामति सेवा : 'सुधारमा छलफल मात्रै ' 


    रकारको सबैभन्दा नजिकको संयन्त्रको रूपमा सरकारलाई नीति र कार्यक्रमको तर्जुमादेखि कार्यान्वयनसम्मका चरणमा महत्वपूर्ण सहयोग पुयाउँदै आएको निजामती सेवाले आज उन्नाइसौँ निजामती सेवा दिवस  मनाउँदैछ । सो दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्ति विकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको  आश्वासन पनि सन्देशमार्फत दिएका छन । 
    मुलुकको स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले आर्थिक, सामाजिक विकास र नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाहमा पु¥याउँदै आएको योगदान प्रशंसनीय  पनि छ । सरकारको सबैभन्दा नजिकको संयन्त्रको रूपमा सरकारलाई नीति र कार्यक्रमको तर्जुमादेखि कार्यान्वयनसम्मका चरणमा निजामती सेवाले महत्वपूर्ण सहयोग पुयाउँदै आएको  संस्था हो निजापति सेवा । 
    आज उन्नाइसौँ निजामती सेवा दिवस — ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मनाउदैछ ।  विसं २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो । सोही दिनको स्मरणमा विगत दुई दशकदेखि भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आइएको छ ।
    राष्ट्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपालको निजामती सेवाको इतिहास गौरवपूर्ण छ । मुलुक राजनीतिक सङ्कटको अवस्थामा रहेको समयमा समेत राज्य सञ्चालनदेखि विकास निर्माण र सेवा प्रवाह कार्यलाई निरन्तरता दिँदै मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहेको बताएका छन । 
    गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रसेवकले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि यस्तै सहयोग प्राप्त हुने विश्वास लिएका छन । निजामती प्रशासनले विभिन्न चुनौतीहरूका बाबजुद निरन्तर देश र जनताको सेवामा आफूलाई समर्पित गर्दै आएको छ । समयको परिवर्तनसँगै निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माणको कार्यलाई गति दिन लागीपर्ने संस्था पनि हो । 
    निजामती सेवा राष्ट्रको दर्पण  हो ।  यसको सुधार विना राष्ट्रिय समृद्धिको सपना अधुरै रहन्छ ।  निजामती सेवाको समग्र सुधार र विकास नगरी मुलुकले गति लिन सक्दैन पनि । यस तथ्यलाई मनन गरी सरकारले निजामती सेवामा समसामयिक सुधार गरी सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहमा कार्यरत कर्मचारीको कार्यसम्पादनमा सुधार ल्याउन विभिन्न प्रयास  हदै आएका छन ।  
    तापनि सरकारले निजामति सेवाका लागि गर्नपर्ने कामका लागि कत्तिको संबेदनशील छ भन्ने दर्पणको रुपमा लिईन्छ  निजामति सेवा एैन । सरकारले एैन ल्याउन चाहेको ४ बर्ष भयो । कहिले आउँछ अझै निक्र्यौल छैन । यसले पनि सरकार संबेदनशील छैन भन्ने देखाउँछ । सरकार उनीहरुका समस्या सम्बोधन गर्न कति लागीपर्यो भन्ने यही प्रसंगले पनि दर्शाउँछ ।  

     

    बुधबार, भदौ २२ २०७९१०:१२:२१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार