images
Logo

आइतबार, असोज ९ २०७९Sep 25 2022

images
प्रतिनिधिसभा बैठक

सरकारका प्रबक्ता कार्कीले भने : ' सञ्चार माध्यमलाई थप व्यवस्थित र मर्यादित बनाइने '  

सरकारका प्रबक्ता कार्कीले भने : ' सञ्चार माध्यमलाई थप व्यवस्थित र मर्यादित बनाइने '  

शुक्रबार, भदौ १७ २०७९

  • 481
    SHARES

  • सरकारका  प्रबक्ता  कार्कीले   भने    :   '  सञ्चार  माध्यमलाई  थप  व्यवस्थित र मर्यादित  बनाइने  '  

      
    काठमाडौँ, भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चार माध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउनुपरेको बताएका छन । 
    उनले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव  प्रस्तावमाथिको छलफलका क्रममा उनले आमसञ्चार माध्यमलाई स्वच्छ, पारदर्शी, व्यावसायिक, मर्यादित र उत्तरदायी बनाउन, पत्रकारिताको विकास र सम्वद्र्धन गर्न तथा पेशागत आचारण कायम राख्न आवश्यक महसुस गरी सरकारले विधेयक प्रस्तुत गरेको बताएका छन । 
    सदनमा विचाराधीन अवस्थामा रहेको विधेयक राष्ट्रियसभामा दफाबार छलफल भई प्रतिनिधिसभामा प्रस्तुत गरिएको हो । पत्रकारिताका क्षेत्रमा नियमनका लागि साविकको प्रेस काउन्सिल नेपाल भए पनि यसको कार्यक्षेत्र सीमित रहेको र सञ्चारमाध्यमका सबै विधालाई समेट्न नसकेका सन्दर्भमा यो विधेयक अघि बढाएको मन्त्री कार्कीले बताए । 

    उनले भने,  “विश्वमा नै यस प्रकारको प्रयोग रहेको छ, आसञ्चार माध्यमलाई थप व्यवस्थित बनाउन विधेयकको तर्जुमा गरिएको हो । साविकको काउन्सिलले पत्रकारिताका सबै विधालाई सम्बोधन गर्न नसक्ने भएकाले यो विधेयक ल्याउनुपरेको हो ।” 
    विधेयक पारित भई ऐन लागू भएपछि पत्रकारिता क्षेत्रमा जिम्मेवारी अभ्यास बढ्ने र सञ्चारमाध्यमसँग सम्बन्धित विभिन्न पक्षबीच मतभेद, विवाद र गुनासालाई स्वनियमन प्रणालीद्वारा समाधान गर्न सकिने उनको भनाइ थियो । 
    राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी मन्त्री कार्कीले राखेको प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको छ । 

    शुक्रबार, भदौ १७ २०७९०६:५२:१७

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार