images
Logo

आइतबार, असोज ९ २०७९Sep 25 2022

images

सांस्कृतिक पर्वहरुको संरक्षण सबैको दायित्व :  राष्ट्रपति भण्डारी

सांस्कृतिक पर्वहरुको संरक्षण सबैको दायित्व :  राष्ट्रपति भण्डारी

मंगलबार, साउन ३१ २०७९

  • 501
    SHARES

  • सांस्कृतिक पर्वहरुको संरक्षण सबैको दायित्व :  राष्ट्रपति भण्डारी


    गण्डकी, साउन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक पर्वहरुको संरक्षण सबैको साझा दायित्व रहेको बताउनुभएको छ ।  गुरुङ समुदायको ऐतिहासिक एवं परम्परागत सांस्कृतिक पर्व ट्होटेंका अवसरमा तमुधिँ नेपालले आज पोखरामा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्धनमा विभिन्न जातजाति तथा भाषा समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । 
    राष्ट्रपति भण्डारीले नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्धनमा गुुरुङ समुदायको योगदान उल्लेखनीय रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल राष्ट्रको एकीकरण प्रक्रियामा समेत गुरुङ जातिको विशेष योगदान रहेको छ  ।

    विभिन्न जाति तथा समुदायको भाषा, चाडपर्व, वेषभूषा, गीत नाच, रीतिरिवाजबाट नै नेपाली राष्ट्रिय संस्कृतिलाई सबल र समृद्ध बनाउन ठूलो योगदान पुगेको छ भन्ने मलाई लागेको छ ।

    ”तमुहरुको चाडपर्वमध्ये ट्होटेंं पनि एक मौलिक ऋतु पर्व रहेकाले यस पर्वले सबैमा सकारात्मक ऊर्जा दिने काम गर्दछ भन्ने जनविश्वास रहेको राष्ट्रपतिले बताउनुभयो । उहाँले समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास र पछौटेपन हटाउन ट्होटेंले ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

     गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाल विविध संस्कृतिले सम्पन्न मुलुक भएको बताउँदै यी संस्कृतिको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । विविधतामा एकता हाम्रो मौलिकता भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय एकता, सद्भाव कायम गर्दै राष्ट्र निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

     गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तमु जातिको उद्गमस्थल क्होलासोथरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रदेश सरकारले काम अघि बढाएको बताउनुभयो । उहाँले चालु वर्षको सरकारको नीति कार्यक्रममा समेत यस विषय समेटिएको उल्लेख गर्नुभयो । हिमालदेखि तराईका फाँटसम्म फैलिएको गण्डकी प्रदेश विभिन्न जातिका कला, संस्कृति र विभिन्न सांस्कृतिक पर्व तथा जात्राहरुमा सम्पन्न रहेको मुख्यमन्त्रीले बताउनुभयो । 

    ट्होटेंका अवसरमा पोखराको मानवअधिकार चोकदेखि नयाँबजारसम्म विभिन्न मौलिक वेषभूषा, बाजागाजा, झाँकी, सांस्कृतिक प्रस्तुतिसहित ट्होटेंं ¥यालीको आयोजना गरिएको थियो । 
     
     गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलबार र चैत महिनाको न्तिम मङ्गलबार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटें पर्व मनाउने गरेको तमुधिँका अध्यक्ष हुमबहादुर गुरुङले बताउनुभयो । 

    मंगलबार, साउन ३१ २०७९०९:१६:१३

    डेमो खबर

    सम्बन्धित समाचार