images
Logo

बुधबार, असार १५ २०७९Jun 29 2022

images
भारतको उत्तरपूर्वी राज्य आसाम

बाढी पहिरोमा परी करिब ५५ लाख बढी मानिस प्रभावित : " मृत्यु हुनेको संख्या १०१ पुग्यो "

बाढी पहिरोमा परी करिब ५५ लाख बढी मानिस प्रभावित : " मृत्यु हुनेको संख्या १०१ पुग्यो "

बिहीबार , असार ९ २०७९

  • 133
    SHARES

  • बाढी पहिरोमा परी  करिब ५५ लाख   बढी मानिस  प्रभावित  :    "  मृत्यु हुनेको संख्या १०१ पुग्यो "

    नयाँ दिल्ली, असार । भारतको उत्तरपूर्वी राज्य आसाममा आएको बाढीले ५४ लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका भारत सरकारले जनाएको छ ।

    बिहीबारसम्म बाढीपहिरोका कारण १०१ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन् । बर्षापछि थुप्रै ठाउँमा डुबान भएको छ भने ठाउँ-ठाउँमा पहिरो गएर पाइपहरू बगाइदिँदा कतिपय स्थानमा खानेपानीको अभावसमेत देखिएको छ ।

    images

    बुधबार राज्यभर १२ जनाको मृत्यु भएको स्थानीय समाचारमा जनाइएको छ । बाढीले आसाममा बाढी आउन थालेपछि मे महिनाको मध्यदेखि मृत्यु हुनेको संख्या १०१ पुगेको छ । हाल राज्यका ३२ जिल्ला बाढीबाट प्रभावित छन् ।

    प्रभावित जिल्लामा झण्डै पाँच हजार गाउँ डुबानमा परेको र ९९ हजार २६ हेक्टर क्षेत्रफलमा बाली क्षेत्रमा क्षति पुगेको अधिकारीहरुले बताए । स्थानीय तहले प्रभावित जिल्लामा १ हजार ८७१ राहत शिविर र वितरण केन्द्र स्थापना गरेका छन् ।

    शिविरमा सात हजार ९७८ बालबालिकासहित २७ हजार १२५ जनाले आश्रय लिइरहेका बताइएको छ । प्रभावित जिल्लाका स्थानीय प्रशासनले उद्धार र राहत कार्यलाई तीव्रता दिएको बताइएको छ ।

    ठाउँ-ठाउँमा हेलिकोप्टर प्रयोग गरी राहत सामग्री उपलब्ध गराइएको छ । मनसुनको समय आसाममा वर्षेनी बाढीले हजारौँ व्यक्ति प्रभावित हुनेगरेका छन् ।  सिन्ह्वा

    बिहीबार , असार ९ २०७९०९:४८:१४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार