images
Logo

बुधबार, असार १५ २०७९Jun 29 2022

images
प्रतिनिधिसभा बैठक शून्य समय

सांसदले भने : ' नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धि नियन्त्रण गरौँ'

सांसदले भने : ' नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धि नियन्त्रण गरौँ'

बिहीबार , असार ९ २०७९

  • 117
    SHARES

  • सांसदले भने     :  ' नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धि नियन्त्रण गरौँ'

    काठमाडौँ, असार । प्रतिनिधिसभाका सांसदहरुले मूल्यवृद्धि, लामो समयदेखि संसद्मा अड्किएर बसेको नागरिकता विधेयक र विपद् व्यवस्थापनका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले नागरिकसँग प्रत्यक्ष जोडिएका ती विषयमा जनधनको सुरक्षा तथा सहज जीवनयापनका लागि उचित कदम चाल्न सभामुखमार्फत सरकारसँग आग्रह गर्नुभयो । उहाँहरुले राजधानी काठमाडौँमै हैजाको बिरामी देखिएको बताउँदै उचित तवरबाट फोहर व्यवस्थापन गर्नसमेत माग गर्नुभएको छ ।

    images

    शून्य समयमा सांसद लालप्रसाद साँवा लिम्बूले विपद् व्यवस्थापन र आपतकालीन उद्धारको पूर्व तयारी कार्यलाइ चुस्त पार्न ध्यानाकर्षण गराउनुभयो । सांसद लालबाबु पण्डितले दुई लाख ५० हजार युवा नागरिकताविहीन भएर पहिचानको खोजीमा रहेको बताउनुभयो । उहाँले नागरिकता विधेयक फाष्ट ट्र्याकबाट पारित गरी नागरिकता वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

    उहाँले सङ्घीय निजामति विधेयक फिर्ता गर्नु सङ्घीयताको मर्म विपरीत भएकाले राज्य व्यवस्थाबाट पारित भएको उक्त विधेयकलाई संसद्मा ल्याई पारित गर्न आग्रह गर्नुभयो ।

    सांसद विनाकुमारी श्रेष्ठले कोही पनि नेपाली नागरिकता लिनबाट वञ्चित नहोस् र कोही पनि विदेशीले नागरिकता नपाओस् भन्नेतर्फ सचेत हुन आग्रह गर्दे भन्नुभयो, “नेपाली छोराछोरी अनागरिक भएर बस्नुपर्ने कहिलेसम्म ।

    उहाँले थप्नुभयो, नागरिकता नहुँदा बैंक खाता खोल्न पाएका छैनन्, विदेशमा पढ्न जान पाएका छैनन्, विदेशमा काम गर्न जान पाएका छैनन्, वास्तविक नेपाली नागरिकताबाट वञ्चित हुन नपरोस्, छिटो व्यवस्थापन होस् ।

    सांसद विशाल भट्टराईले मध्यपहाडी पुष्पलाल लोकमार्गलगायतका सडक सुस्तगतिमा काम भएको भन्दै छिटो अघि बढाउन आग्रह गर्नुभयो । सांसद सत्या पहाडीले जाजरकोटलगायत केही स्थानीय पालिकामा बैंकका शाखा नखुल्दा सामाजिक सुरक्षा भत्तासमेत प्राप्त गर्न नसकेको बताउनुभयो ।

    सांसद सरिता न्यौपानेले उपत्यकाको फोहरमैला व्यवस्थापनमा जोड दिनुभयो । सांसद विनादेवी बुढाथोकीले काठमाडैँमा हैजाका बिरामी देखिएको भन्दै फोहर व्यवस्थापन गर्न आग्रह गर्नुभयो । सांसद लक्ष्मीकुमारी चौधरीले मूल्यवृद्धिले हातमुख जोर्न धौधौ भइरहेका बेला रुस र युक्रेनको युद्धलाई दोष थोपरेर पन्छिन नपाउने बताउँनुभयो ।

    उहाँले नागकिरता विधेयक छिटो सदनमा ल्याउन माग गर्नुभयो । सांसद लक्ष्मी परियारले बाढीपहिरो बढ्दो क्रममा रहेकाले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेर नागरिकलाई सरकार भएको अनुभूति दिलाउन अनुरोध गर्नुभयो । सुजाता परियारले मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्नुभयो । सांसद हीरा गुरुङले महंगीले ढाड सेकिसक्यो, नागरिकलाई सास्ती कति दिने हो भनेर प्रश्न गर्नुभयो ।

    उहाँले बजारमा मनोमानी दरभाउ बढ्दो रहँदा पनि सरकार मौन बसेको आरोपसमेत लगाउनुभयो । शून्य समयमा सांसदहरु समिना हुसेन, लालबहादुर थापा, विन्दा पाण्डे, सीताराम मेहता, विमला विश्वकर्मा, शरिताकुमारी गिरी, सत्यनारायण शर्मा खनाल, सूर्यनारायण यादव र सञ्जयकुमार गौतमलगायतले धारणा राख्नुभएको थियो ।

    बिहीबार , असार ९ २०७९०८:१३:२१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार