images
Logo

बुधबार, असार १५ २०७९Jun 29 2022

images
कोरोना भाइरसविरुद्ध खोप आजदेखि

देशभरका ३९ लाख बालबालिकालाई दिइँदै : “काठमाडौँमा एकलाख ९० हजारलाइ”

देशभरका ३९ लाख बालबालिकालाई दिइँदै : “काठमाडौँमा एकलाख ९० हजारलाइ”

बिहीबार , असार ९ २०७९

  • 245
    SHARES

  • देशभरका ३९ लाख बालबालिकालाई दिइँदै : “काठमाडौँमा एकलाख ९० हजारलाइ”

     

    काठमाडौँ, असार । आजदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइजिल्ला स्वास्थ्य कार्यालयले  सञ्चारकर्मीलाई भने, काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको  छ ।  
    कार्यालयका प्रमुख वसन्त अधिकारीले आजदेखि असार १५ सम्म काठमाडौँ जिल्लाका एकलाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिएका छन ।  
    देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ ।  उनका अनुसार बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो । 

    images

    कार्यालयले काठमाडौँका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ । उनले विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । 
    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेकाले सबैले खोप लगाउन आग्रह गरेका छन । खोप लगाउनका लागि खोप केन्द्रमा एकजना तालिम प्राप्त स्वास्थ्यकर्मी राखिने छ । 
    कार्यालय प्रमुख अधिकारीले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको जानकारी दिए ।  
    उनका अनुसार बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिने छ ।
    खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् । 
    खोप आजदेखि १५ गतेसम्म २७ जिल्ला बालबालीकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ । 
    पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइने छ । 
    यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । खोप एक स्थानीय तहलाई एकै चरणमा सम्पन्न गर्ने गरिनेछ ।  
    खोप केन्द्रमा कम्तीमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित सङ्ख्याको आधारमा थप स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति २०० थप लक्षित सङ्ख्याको लागि थप एकजना स्वयंसेवक परिचालन गरिनेछ । 

     

    बिहीबार , असार ९ २०७९१०:११:२६

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार