images
Logo

बुधबार, असार १५ २०७९Jun 29 2022

images
अफगानिस्तानको भूकम्प

मृत्यु हुने १ हजार नाघे, १ हजार ५ सय घाइते : ' भत्किएका घरमा पुरिएकाको खोजी जारी '

मृत्यु हुने १ हजार नाघे, १ हजार ५ सय घाइते : ' भत्किएका घरमा पुरिएकाको खोजी जारी '

बुधबार, असार ८ २०७९

  • 465
    SHARES

  • मृत्यु हुने १ हजार नाघे, १  हजार  ५ सय  घाइते   :    '  भत्किएका घरमा  पुरिएकाको खोजी जारी '

    काठमाडौं, असार । अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । तालिवानका नेता हिब्तुल्लाह अखुन्दजादले अहिलेसम्म १ हजार ५०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको जानकारी दिएका छन् ।

    उनका अनुसार उद्धारकर्ताहरुले भत्किएका घरमा पुरिएकाहरुको खोजी जारी राखेका छन् । विकट पहाडी क्षेत्रमा भएको क्षतिको विवरण आउन अझै बाँकी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको उनले बताए ।

    images

    भूकम्पबाट सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्तिकामा ठाउँ ठाँउमा पहिरो गएका र भत्किएका घरहरुको तस्वीर र दृष्यहरु आइरहेका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो पछिल्लो २ दशकमा अफगानिस्तानमा गएको खतरनाक भूकम्प हो । तालिवानले शासन गरिरहेको अफगानिस्तानमा खाद्य संकट छ । यो भूकम्पपछि थप संकटको खतरा बढेको छ ।  -  एजेन्सी 

    बुधबार, असार ८ २०७९०८:३९:५४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार