images
Logo

बुधबार, असार १५ २०७९Jun 29 2022

images

बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

बुधबार, असार ८ २०७९

  • 173
    SHARES

  • बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

    काठमाडौँ,असार।बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका ६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् ।

    महानगरीय प्रहरी बृत्त जगातीको टोलीले मङ्गलबार घिमिरेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

    images

    घिमिरेले विभिन्न १० व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी रु दुई करोड ३२ लाख ४० हजार बराबरको बैंकिङ कसुर गरी फरार रहेका थिए । पक्राउ गरेर घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।रासस

    बुधबार, असार ८ २०७९१०:५५:३६

    डेमो खबर

    सम्बन्धित समाचार