images
Logo

बुधबार, असार १५ २०७९Jun 29 2022

images
देशका लागि कूटनीतिक सम्बन्ध

एमाले अध्यक्ष ओलीले भने : 'विदेश नीतिमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक छ'

एमाले अध्यक्ष ओलीले भने : 'विदेश नीतिमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक छ'

मंगलबार, असार ७ २०७९

  • 69
    SHARES

  • एमाले अध्यक्ष ओलीले   भने   :  'विदेश नीतिमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक छ'

     

    काठमाडौँ, असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।  पूर्वराजदूत समूहले आज यहाँ आयोजना गरेको वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिला विषयक साक्षात्कार कार्यक्रममा उहाँले नेपाल जस्तो देशका लागि कूटनीतिक सम्बन्धबारे दलहरुबीच सहमति आवश्यक भएको उल्लेख गर्नुभयो ।

    images

    पूर्वप्रधानमन्त्री ओलीले राजनीतिक दलले परराष्ट्र मामिलामा सहमतिका साथ अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।  दलहरुबीच प्रतिस्पर्धा, सहमति र सहकार्यको राजनीति आवश्यक छ , उहाँले भन्नुभयो । सरकारले प्रतिपक्षामा रहेको दलसँग परामर्श गर्नुपर्ने उहाँको भनाइ थियो । विदेश सम्बन्ध राष्ट्रिय हितमा केन्द्रीत हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।

    अध्यक्ष ओलीले छिमेकी मुलुकसँग भरपर्दो, विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । हामी स्वाधिन छाँै । हामी आफ्ना आन्तरिक वा बाह्य नीति निर्णय गर्न स्वतन्त्र छौँ । कसैबाट शासित हुनुपरेको छैन, उहाँले भन्नुभयो । छिमेकीसँगको सम्बन्धलाई बढी महत्व दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    अध्यक्ष ओलीले छिमेकीसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने बताउनुभयो । छिमेकीसँग समस्या भए छलफल गरी समाधान गर्नुपर्छ । हामीले आफ्ना कुरा खुलस्तसँग राख्न सक्नुपर्छ, उहाँले भन्नुभयो । राजनीतिक खटपट नभएको भए कालापानी, लिपुलेक र लिम्पियाधुरा वा अन्य सीमा समस्या अहिलेसम्म समाधान भइसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।

    एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय हितको प्रश्नमा सत्ता र प्रतिपक्षको अलग अलग विचार हुन नहुने बताउनुभयो । उहाँले अहिले राजनीतिक दलबीच राष्ट्रिय हितका विषयमा छलफल हुन छाडेको भन्दै राष्ट्रिय हितका विषयमा प्रतिपक्षसँग पनि छलफल गर्नुपर्ने बताउनुभयो । पूर्वराजदूत दीपकुमार उपाध्यायले छिमेकीसँगको चुरो समस्या के हो भनेर केलाउन नसकेको बताउनुभयो ।

    पूर्वराजदूत योगेन्द्र ढकालले चीन, भारत र अमेरिकासँग कूटनीतिक तबरबाट कुरा राख्नुपर्ने सुझाव दिनुभयो । पूर्वराजदूत अर्जुन कार्कीले छिमेकीसँग सम्झौता गर्दा विज्ञ समूहको सुझाव लिनुपर्र्नेमा जोड दिनुभयो ।

    पूर्वराजदूत टङ्क कार्कीले परराष्ट्रका सिद्धान्त र नीतिलाई व्यवहारिक रुपमा कार्यन्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । पूर्वराजदूत डा अञ्जना शाक्यले परराष्ट्र र राष्ट्रिय हितलाई टेकेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

    मंगलबार, असार ७ २०७९०७:२९:५०

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार