images
Logo

बुधबार, असार १५ २०७९Jun 29 2022

images
भक्तपुर अदालत फैसला

झुठा मुद्दा खेपेका अध्यक्ष न्यौपानेसहित ६ जनालाई न्याय : "झुठा टिक्दैन - न्याय मर्दैन "

झुठा मुद्दा खेपेका अध्यक्ष न्यौपानेसहित ६ जनालाई न्याय : "झुठा टिक्दैन - न्याय मर्दैन "

सोमबार, असार ६ २०७९

  • 129
    SHARES

  • झुठा मुद्दा खेपेका अध्यक्ष न्यौपानेसहित ६ जनालाई न्याय : "झुठा टिक्दैन - न्याय मर्दैन "

    भक्तपुर,  असार ।  'झुठा टिक्दैन - न्याय मर्दैन' भन्ने कथनीमा  नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका संस्थापक एवं अध्यक्ष लम्बोदर न्यौपानेलगायत ५ जनामाथि लगाइएको झुठा ठगी मुद्धामा  भक्तपुर जिल्ला अदालतले  दिएको सफाइले साबित गरेको छ ।  

    झुठा मुद्धा खेपीरहेका नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका सातजना संस्थापक सदस्यमाथि भएको अन्यायबिरुद्धको अदालतको फैसलाले उक्त कथनी साबित गरेको हो । सातजना निजी लगानीकर्ताको पहलमा सञ्चालित  सो कलेजलाई केपी ओली सरकारको पालामा भक्तपुरका सांसद महेश बस्नेत र ताप्लेजुंगका सांसद यागेश भट्टराईले गुण्डा लगाएर जबरजस्ती कब्जा गरेका थिए ।
    सातजना निजी लगानीकर्ताको पहलमा स्थापित सो कलेजलाई सांसदद्धयले कब्जा गरी गुण्डागर्दी शैलीमा लगानीकर्ताहरुलाई ठगीको झुठा मुद्धासमेत लगाएका थिए । जबर्जस्ती कलेज कब्जा गरी उल्टै संस्थापकमाथि भएको अन्याय उपर भक्तपुर अदालतको यो फैसलाले ‘न्याय मरेको छैन’, अन्याय – अन्याय नै हो  भन्ने प्रष्ट पारेको छ ।  
    सो मुद्धामा न्यौपानेसहित ६ जनाले कलेजबाट ५० करोडभन्दा बढी रकम ठगी गरेको झुठा दाबी गरि मुद्धा दायर गरिएको थियो । 
    सातजना निजी लगानीकर्ताको पहलमा स्थापित सो कलेजलाई जर्बजस्ती सांसद बस्नेत र भट्टराईले गुण्डागर्दी शैलीमा एउटा ब्यक्तिगत कम्पनी कब्जा गरी सामाजिक भनेर लुटेका थिए । 
    त्यस्तै, सो झुठा मुद्धाका प्रतिवादी रामरत्न उपाध्यायबाट ४ करोड ७० लाख, लवराज भट्टराईबाट ६ करोड ३४ लाख, उपेन्द्र गौतमबाट ५ करोड ६९ लाख, रामकुमार श्रेष्ठबाट २८ लाख ६४ हजारसमेत असुल उपर गराउने माग दाबी थियो ।
    सो झुठा मुद्धामा लामो बहस र अध्ययनपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले अन्तिम आदेश दिदैं दाबी झुठा रहेको ठहर गरेको हो ।
    कलेजका नक्कली प्रमाणपत्रधारी कर्मचारी हरिकृष्ण श्रेष्ठले गुणडागर्दी र अपराधीको सहयोग लिएर कलेज कब्जा गरी २०७७ साल पुस २८ गते जिल्ला अदालत भक्तपुरमा सो मुद्दा दर्ता गरेका थिए । उनले ईन्जिनियरको नक्कली प्रमाणपत्र पेश गरेर जागीर खाएका थिए । पछि अपराधी र गुण्डाको साथ लिएर ब्यक्तिगत कलेज नै कब्जा गरे । 

    images

    सोमबार, असार ६ २०७९०८:०६:२७

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार