images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images

एसपीपीमाथि चासो : 'बिबादको पाटो के हो ?' 

एसपीपीमाथि चासो : 'बिबादको पाटो के हो ?' 

शुक्रबार, असार ३ २०७९

  • 1.3K
    SHARES

  • एसपीपीमाथि चासो : 'बिबादको पाटो के हो ?' 


    नेपाल– अमेरिकी सेनाबीच रणनीतिक साझेदारी कार्यक्रम (एस. पि.पि.) सम्बन्धी सम्झौता हुने भन्ने बिषयलाई लिएर बिबाद चर्किएको छ । सयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राममा सहमति तथा सम्झौता गर्ने सरकारले तयारी  गरेको बिषयमा  बहस चलेपछि यो बिबाद सार्बजनिक भएको हो । यो बिषयले संसददेखि सरकार र बिज्ञमाँझ पनि चर्को रुपमा उठेको छ । जसले अमेरिकी सेनासँग नेपाली सेनाको समझदारी हुने प्रक्रियामा रहेको बिषय नै  छलफल र बहसको बिषय बनेको हो । यो बहस पाँचदलीय गठबन्धन र राजनीतिक दलका बैठकदेखि नेता, बिज्ञ तथा सर्वसाधारणमा समेत उठेको छ । 
    सत्तारुढ दलका पाँचदलीय गठबन्धनको शीर्ष नेता बैठकमा समेत प्रवेश गर्यो । जसले सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री देउवासमक्ष पनि अन्य दलका शीर्ष नेताले यसबारे चासो ब्यक्त गरेको सकर्वजनिक भएको छ ।  पाँचदलीय गठबन्धनका शीर्ष नेता बैठकमा सहभागी नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजबादी  पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेतको बैठकमा नै उठेको र प्रधानमन्त्री देउवाल त्यस्तो कुनै सम्झौता नभएको र राष्ट्रिय सहमति बिना नगरिने बताएको  गठबन्धनका शीर्ष नेताले सार्बजनिक गरेका छन । समझदारी गरिन लागेको बिषय के हो त भन्ने भन्दा सैनिक साझेदारी भनेर बिषयले चर्को रुप लियो ।  
    समझदारी कस्तो, के हो र प्रक्रिया सुरुभएको हो ? त भन्ने अमूर्त सार्बजनिक बिषय भनेको अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार ( नेशनल गार्ड)  बीच उच्चस्तरीय सहकार्य गर्ने कार्यक्रम हो । यो  सो नेशनल गार्डका सदस्य तथा तिनका गैरसैनिकहरु संलग्न नेपाली सेनाको प्रशिक्षण तथा संस्थागत क्षमता बिकासका लागि गरिने कार्यक्रम हो । यो कार्यक्रमसँगै हलुका तथा गैरसैन्य उपकरणको प्रयोग तथा सहयोग यस कार्यक्रमसँग जोडिएर आउँछन । यस कार्यक्रममा  नेपालमा उच्च भूभाग भएका क्षेत्रमा सयुक्त प्रशिक्षण अभ्यास, सयुक्त बिपद् ब्यवस्थापन तथा उद्धार अभ्यास, नेपाली सेनाका अधिकृतलाई सयुक्त राज्यमा सयूक्त फेलोशिप कार्यक्रम, नेपाली सेनाको माग बमोजिम हलुका तथा गैरसैन्य सामग्रीको सहयोग, नेपाली सेनाका लागि आतङकबाद बिरोधी सुराकी क्षमता बिकास जस्ता कार्यक्रम यसभित्र पर्दछन । 
    सुरक्षा बिज्ञको भनाईमा यस्ता कार्यक्रम सामान्यतया  सैन्य क्षमता बढाउने खालका हुन । नेपालको राष्ट्रिय अखण्डताका लागि  राजनीतिक, कुटनीतिक तथा सैन्य क्षमता बढाउनयस्ता कार्यक्रमले सघाउ पु¥याउने भएकाले यो  कार्यक्रम भने आबश्यक छ । यस्ता कार्यक्रम र समझदारी अमेरिकासँग मात्र होईन चीन, भारतलगायतका अन्य कार्यक्रम र सोच मिल्ने देशहरुबाट पनि सहायता स्वीकार गर्दा राज्यलाई अप्ठयारो नहुने  धारणा अघिसारेका छन । जसले देशको भौगोलिक तथा सामाजिक र सुरक्षा  कुटनीति  अघि बढाउन सान्दर्भिक हुने धारणा राख्दछन ।  यस्ता तालिम अहिले पनि सैनिक क्षमता अभिबृद्धि  कार्यक्रम अन्तर्गत सञ्चालन हुँदै आएका पनि छन । जसले सैनिक क्षमता अभिबृद्धि, अनुभवको आदान प्रदान, अप्ठयारहरुको निराकरण तथा जुध्न सहज बनाउँने गर्दछ । यस किसिमका तालिम तथा अनुभवको आदानप्रदान, क्षमता अबिधृद्धि गर्ने जस्ता कार्यक्रम अन्तर्गत काभ्रेको खरीपाटी अन्तराष्र्टि«य र सयुक्त सैन्य अभ्यास  गरिँदै आउको छ । सो नेपालको अन्तर्राष्टिस्तरको तालिम तालिम केन्द्र पनि हो । 
    यससँगै सैन्य तथा सुरक्षाको भौगोलिक क्षेत्र आधार हेरेर तालिम सञ्चालन गरिँदै पनि आएको छ ।  यसैबीच, बिज्ञकै भनाईमा  मनाङ तथा मुस्ताङका उच्च भू–भागमा अहिले पनि रक ल्काईम्बिङ, हिमपातयुक्त स्थलमा सुरक्षात्मक अभ्यास तालिम भइरहेको छ, यस्ता सैनिक क्षमता बढाउने खालका नै हुन, यस्तोमा राजनीतिकरण गरिरहन आबश्यक नरहेको धारणा राख्छन । 
    नेपाली सेनाले पनि यस बिबादलाई लिएर आश्वस्त पार्न  बिज्ञप्तिमार्फत अमेरिकी सेनासँगको सम्बन्धबारे प्रष्टयाएको छ ।  नेपाली सेनाले कुनै किसिमको सम्झौताका लागि छलफल तथा तयारी गरेको छैन,  नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको बिशिष्ट भूराजनीतिक  अवस्थिति एवं सामरिक संवेदनशिलतामा प्रतिकुल असर पर्ने गरी कुनै किसिमको सैनिक साझेदारी भविष्यमा कोही कसैसँग नगर्ने पक्षमा सेना सजग छ । नेपाली सेनाले अमेरिकी सेनासँग रणनीतिक साझेदारी नगरेको र त्यस्तो सम्झौताको लागि कुनै प्रक्रियासमेत नचालेको स्पष्ट  गदै  समझदारी र सम्झौतासम्बन्धी  अनर्गल  टिप्पणीबारे आश्वस्त तुल्याउन  धारणा सार्बजनिक गरेको छ ।  

     

    शुक्रबार, असार ३ २०७९१०:०६:३७

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार