लन्डन, जेठ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई उहाँले सत्ता सम्हालेको ७० औँ बर्ष पुगेको उपलक्ष्यमा आयोजित ऐतिहासिक समारोहको पहिलो दिन उहाँलाई थप दीर्घजीवनको शुभकामना व्यक्त गरिएको छ ।
महारानीको बुढ््योलीका कारण देखिएको स्वास्थ्य समस्याले गर्दा उहाँ सार्वजनिक रूपमा उपस्थित हुन सक्नेमा आशङ्का गरिएको थियो । जब उहाँले हजारांै शुभचिन्तकलाई आफ्नो दरबारको कौसीबाट अभिवादन गर्नुभयो उहाँको दीर्घायुको कामना गर्दै कार्यक्रममा सहभागी दर्शकले भीडबाट उहाँको जयजयकार गरेका थिए ।
शताब्दीयौं पुरानो ‘ट्रूपिङ द कलर सैन्य परेड हेर्र्न हजारौं मानिसहरू चहकिलो घाममा लण्डनको मध्य भागमा भेला भएका थिए । सिंहासनमा ७० वर्ष लामो समयसम्म रहनुभएकी महारानीले लामो समय बेलायतको सिंहासनमा रहेर नेतृत्व गरी संवैधानिक राजसंसस्थाको रेकर्ड बनाउनुभएको छ ।
उत्सवमा ९६ वर्षीया महारानीको उपस्थिति रोग बिमार र हालैको गतिशीलताका कारण कम अपेक्षा गरिएको थियो । जव उहाँ दरबारको कौसीमा देखिएर सबै प्रशंसकलाई हात हल्लाएर अभिवादन गर्नुभयो उहाँलाई त्यहाँ सहभागी जनमासले हर्षविभोर भएर सामुहिक स्वरमा उच्च प्रशंसा गरेका थिए ।
निलो पहिरनमा सजिएकी महारानीले सो अवसरमा लौरोको सहायतामा राजपरम्पराअनुसार बकिङहाम प्यालेसको कौसीबाटै फौजबाट सलामी ग्रहण गर्नुभएको थियो ।
महारानीलाई सलामी दिएपछि सुरू भएको हजारौँ सहभागी परेडमा राजपरिवारका सदस्यहरू रथारोहण गर्दै सडक वरपर उभिएका दर्शकलाई अभिनन्दन गरेका थिए । एएफपी