भक्तपुर, माघ । नेपाल इन्जिनियरिङ्ग कलेज चाँगनारायण भक्तपुरलाई यसअघिका अध्यक्ष तथा कलेजका नक्कली प्रमाणपत्रधारी कर्मचारी हरिकृष्ण श्रेष्ठलाई पाँचजना सञ्चालक, बिद्यार्थी तथा शिक्षक बिगत चारबर्षको अवधिको आम्दानीको खोजी गर्दै अख्तियार तथा अदालत जाने भएका छन ।
२०७४ देखि २०७८ सम्म चाँगुनारयण नगरपालिकाका मेयर तथा कलेजको अध्यक्ष सोमप्रसाद मिश्र र कलेजका नक्कली प्रमाणपत्रधारी कर्मचारी हरिकृष्ण श्रेष्ठले संस्थापक तथा सञ्चालकलाई गुण्डा लगाएर कलेज प्रबेश गर्न नदिई चारबर्ष एकलौटी चलाए ।
यसअघि २०७० देखि २०७४ सम्म अध्यक्ष रहेका न्यौपानेलाई कलेजका नक्कली प्रमाणपत्रधारी हरिकृष्ण श्रेष्ठ र अध्यक्ष तत्कालीन मेयर सोमप्रसाद मिश्रले ५४ करोड ठगी र ६५ करोड सम्पति सुद्धीकरणमा हालेका छन ।
कलेजका सातमध्ये पाँच सञ्चालकले २०७४ देखि २०७८ सम्म चारबर्षको अवधिको आय ब्ययको हिसाब देखाउन माग गर्दै अदालत . अख्तियार जान लागेको कलेजका कर्मचारीले बताएका छन । उनले भने, बिगतको चार बर्षको हिसाब किताब देखाउँदा देखाउँदै पनि अध्यक्ष न्यौपानेमाथि त्यो तहको अनियमितताको ठगी र आरोप लगाएको बताए । उनले भने, ‘ब्यवस्थापनले पछिल्लो चार बर्षको अवधिको पनि सोही अनुरुपको हिसाब त देखाउनै पर्यो ।’
अध्यक्ष न्यौपानेलाई कलेजको अवस्था र आय त्यो तहको थियो थिएन र अनियमितता भएको हो होइन भनी आँकलन नगरी आरोप लगाइयो । कलेजका कर्मचारीका अनुसार,
अध्यक्ष न्यौपानेका चारबर्षको कलेज चलाउँदा भएको हिसाव विवरण :
हालको कलेज ब्यवस्थापनले देखाउनपर्ने हिसाव :
हालको कलेज ब्यवस्थापनले चार बर्षनै कलेज सञ्चालन गरेको छ । जस्मा पहिलेको जस्तो ५४ करोड ठगी नभएको तथा ६५ करोड सम्पति सुद्धीकरणसमेत नगरेको, बिद्यार्थीबाट उति नै शुल्क उठाएको र अध्यक्ष लम्बोदर न्यौपानेले सञ्चित गरी बैकमा राखेको २० करोड रकम तथा त्यो समयमा भएका माथि दिइएका बुँदा नम्बर १ देखि ७ सम्मका जस्ता कुनै काम नभई जम्मा भएका रकमको दुरुस्त हिसाब किताव र समग्रमा यस ब्यवस्थापनले चार बर्षको सम्पूर्ण आय ब्यय विवरण तुरुन्त दिनपर्यो, नत्र सम्पूर्ण शिक्षक, कर्मचारीहरु विभिन्न निकायहरुमा जाहेरी दिन जान बाध्य छौँ, भनी माग गरेका छन ।
सो कलेज सातजना निजी लगानीकर्ताको पहलमा २०५१ मा स्थापित भएको हो । भक्तपुरको चाँगनारायणस्थित नेपाल इन्जिनियरिङ्ग कलेज बिगत चारवर्षदेखि गुण्डा र नक्कली प्रमाणपत्रधारी हरिकृष्ण श्रेष्ठले कब्जामा लिएर चलाएका छन ।
कलेज कर्माचारीका अनुसार, २०५१ मा त्रिविबाट सम्बन्धन प्राप्त गरेर सञ्चालनमा आएको सो कलेज २०५५ सालमा भने त्रिबि छोडेर पोखरा विश्रवबिद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा आएको हो । सात सञ्चालकमध्ये एकजना अष्ट्रेलिया बस्दै आएका लम्बोदर न्यौपानले भने २०७० सालदेखि आफ्नो अध्यक्षतामा कलेज चलाए ।
अध्यक्ष न्यौपानेले सो कलेज चार बर्षसम्म चलाए । सो चार बर्षको अवधिमा अनियमितता रहेको भनी २०५१ देखि २०७० सम्म कलेज एकलौटी रुपमा एक संस्थापक सञ्चालक दिपक भटटराई तथा अर्का एक कलेजका नक्कली प्रमाणपत्रधारी कर्मचारी हरिकृष्ण श्रेष्ठले अख्तियार तथा अदालतमा अनियमितता गरेको भनी उजुरी दिए । कलेजका एक संस्थापक सञ्चालक आर्थिक अबस्थाबारे जानकारी दिदै भन्छन, २०५५ देखि २०७० सम्म कलेज एकलौटी रुपमा एक संस्थापक सञ्चालक दिपक भटटराईले चलाए । सो अवधिमा कलेज कहिल्यै फाइदामा देखाइएन ।
अझ कलेजलाई १७ करोड ‘लोन’ रहेको देखाइयो भने कलेजको ३६ रोपनी निजी जग्गा र सो मा बनेको कलेज संरचना पनि नेपाल एयरलाइन्सका पूर्ब अध्यक्ष रामाज्ञाप्रसाद चतुर्बेदीको सर्बोच्च अदालतमा धरौटी राख्नमा प्रयोग गरियो । र सो अवधिमा कलेजलाई १७ करोड ’लोन’ को भार बोकाइयो ।