रसुवा, जेठ । जिल्लाको आमाछोदिङमो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बुचुङ तामाङ निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा पनि कांग्रेसकै चण्डिका तामाङ निर्वाचित भएकी छन् ।
बुचुङ तामाङले १ हजार ४३० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका फुर्पुसिंगि तामाङले १ हजार ३ सय ४५ मत प्राप्त गरेको आमाछोदिङमो गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलले जानकारी दिए ।
गाउँपालिकाको अध्यक्षमा बुचुङ दोस्रो पटक निर्वाचित भएका हुन् । उनी २०७४ सालको स्थानिय तह निर्वाचनमा नयाँ शक्ति नेपालबाट निर्वाचित भएका थिए ।
त्यस्तै उपाध्यक्ष पदमा विजयी चण्डिका तामाङले १ हजार ३८१ मत प्राप्त गरेकी छन् । उनको निक निकटम प्रतिद्वन्दी नेकपा (एमाले)की नविना तामाङले १ हजार २२३ मत प्राप्त गरेकी छन् ।
आमाछोदिङमो गाउँपालिकामा ५ वटा वडा रहेको छ । जसमध्ये ३ वडा एमाले र २ वडा कांग्रेसले जितेको छ । वडा नम्बर १, ३, र ४ एमालेले जितेको थियो । नेपाली कांग्रेसले वडा नम्बर २ र ५ जितेको छ ।