images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images

काठमाडौँ विश्वविद्यालय :  'प्राविधिक विषय शिक्षक उत्पादन गर्ने '

काठमाडौँ विश्वविद्यालय :  'प्राविधिक विषय शिक्षक उत्पादन गर्ने '

सोमबार, माघ १७ २०७८

  • 2.1K
    SHARES

  • काठमाडौँ विश्वविद्यालय :  'प्राविधिक विषय शिक्षक उत्पादन गर्ने '


    काठमाडौँ माघ । काठमाडौँ विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गराउने शिक्षक उत्पादन गर्न ‘बिटेक एड’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । 
    सो विश्वविद्यालयले भर्चुअल पत्रकार सम्मेलन गरी ब्याचलर इन टेक्निकल एजुकेसन (बिटेकएड) सञ्चालन गर्ने जानकारी दिएको हो । 
    विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डीन डा बालचन्द्र लुइँटेलले बिटेकएड कार्यक्रम सञ्चालन गर्न देशभरका तीनवटा क्याम्पसलाई अनुमति दिइएको बताएका छन । 
    हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)  अन्तर्गत एक हजार १३१ वटा शिक्षालयमा ७० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यी विद्यार्थीलाई अध्यापन गराउने इन्सट्रक्टर अभाव भएकाले त्यस्तो जनशक्ति उत्पदान गर्न लागिएको उनले जानकारी दिए । 
    उक्त बिटेकएड १३६ क्रेडिट आवरको हुने र चारवर्षे कार्यक्रमका लागि करिब छ लाख शुल्क लाग्नेछ । प्रवेश परीक्षामा सहभागी हुन कक्षा १२ मा भौतिकशास्त्र र गणितलाई मूल विषय बनाए उत्तीर्ण गरेका विद्यार्थी, ९–१२ मा इन्जिनियरिङ पढेका विद्यार्थी सहभागी हुन पाउँछन् । यस विषय अध्ययनका लागि ४ वर्षमा पाँचलाख ७२ हजार शुल्क निर्धारण गरिएको छ ।

    विश्वविद्यालयको सम्बन्धनमा जानकी कलेज अफ प्रोफेसनल स्टडिज, जनकपुरमा आइटी विषयका लागि ३०, सिन्धुली टेक्निकल इन्स्टिच्युटमा आइटीका लागि २० र  सिभिलका लागि २० जनाको कोटा निर्धारण गरेको छ । 
    यस्तै बुटवल टेक्निकल इन्स्टिच्युट रुपन्देहीमा मेकानिकल इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीले अध्ययन गर्न पाउँछन् । देशभर यस वर्ष सयजना विद्यार्थीले बिटेकएड पढ्न पाउने विश्वविद्यालयले जनाएको छ । सो विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि विश्वविद्यालयले आउँदो फेब्रुअरी २१ सम्म फारम खुल्ला गरेको छ ।

     

    सोमबार, माघ १७ २०७८११:०४:५१

    डेमो खबर

    सम्बन्धित समाचार