Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

तीन दलले गरे राष्ट्रपतिलाई आग्रह : "बहुमतको सरकार गठन आह्वान होस्"

तीन दलले गरे राष्ट्रपतिलाई आग्रह : "बहुमतको सरकार गठन आह्वान होस्"

सोमवार, बैशाख २७ २०७८

  • 1.3K
    SHARES

  • तीन दलले  गरे राष्ट्रपतिलाई आग्रह :  "बहुमतको सरकार गठन आह्वान होस्"

    काठमाडौं, बैशाख । विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

    विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपील गरेका हुन् ।

    उनीहरुले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

    माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिले नै आफूहरुको पक्षमा १२६ सांसद रहेको र गठबन्धनको सम्भावना कायमै रहेको बताए । धारा ७२(२) को अभ्यास नगरी एकपटकै ७६(३) मा लैजाने षड्यन्त्र भइरहेको उनले बताए ।

    सोमवार, बैशाख २७ २०७८०८:००:०२

    डेमो खबर

    सम्बन्धित समाचार