Logo

आइतवार, आषाढ ६ २०७८Jun 20 2021

images

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

बिहिवार, बैशाख २३ २०७८

  • 1.7K
    SHARES

  • वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

    काठमाडौं, बैशाख । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।

    छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको जनाइएकाे छ ।  प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो ।

    उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ । सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए ।

    यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् । सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।

    प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन् ।

    बिहिवार, बैशाख २३ २०७८०३:१०:२१

    डेमो खबर

    सम्बन्धित समाचार