Logo

बुधवार, बैशाख २९ २०७८May 12 2021

images

नेपालमा काेराेना : 'पछिल्लो २४ घण्टामा थप २ हजार ५५९ मा संक्रमण पुष्टि'

नेपालमा काेराेना : 'पछिल्लो २४ घण्टामा थप २ हजार ५५९ मा संक्रमण पुष्टि'

शुक्रवार, बैशाख १० २०७८

  • 801
    SHARES

  • नेपालमा काेराेना :  'पछिल्लो २४ घण्टामा थप २ हजार ५५९ मा  संक्रमण पुष्टि'

    काठमाडौँ, बैशाख । पछिल्लो २४ घण्टामा थप २५५९ मा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।  ८ हजार ७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११०  गरी जम्‍मा २५५९ मा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचको मृत्‍यु भएको छ ।

    पछिल्लो २४ घण्टामा ४१०  संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसका १४ हजार ७२४ सक्रिय संक्रमित रहेका छन् । योसँगै कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ ।

    काठमाडौं उपत्यकामा ९४० 

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४० मा कोरोना संक्रमण पुष्टि भएको छ ।  काठमाडौंमा ७६० , भक्तपुरमा ७४  र ललितपुरमा १०६  कोरोना संक्रमित भेटिएका छन् ।

    यस्तै बाँकेमा ३५४ , रुपन्देहीमा २२१, सुर्खेतमा ९१, दाङमा ७९, मोरङमा ७४, कैलालीमा ७२, कास्कीमा ६७, पर्सामा ६२, बर्दियामा ३९, पाल्पामा ३२, धनुषामा ३१ र मकवानपुरमा ३०  संक्रमित भेटिएका छन् ।

    चितवनमा २७, काभ्रेपलाञ्चोक र कञ्चनपुरमा २२/२२, बारामा २१, नवलपरासी पश्चिममा १७, कपिलवस्तुमा १५, महोत्तरी र गुल्मीमा १४/१४, रौतहट र अर्घाखाँचीमा १३/१३ जना, नुवाकोटमा १२, सुनसरी र वाग्लुङमा ११/११ मा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये ९ वर्ष मुनिका ५४  बालबालिका र १० देखि १९ वर्ष मुनिका १९९ जना रहेका छन् ।

    शुक्रवार, बैशाख १० २०७८०५:३६:५२

    डेमो खबर

    सम्बन्धित समाचार