Logo

बुधवार, बैशाख २९ २०७८May 12 2021

images

ओलीले गरे स्थायी कमिटी गठन : "नेपाल–खनाल पक्षलाई ‘बाइपास’ गरे "

ओलीले गरे स्थायी कमिटी गठन : "नेपाल–खनाल पक्षलाई ‘बाइपास’ गरे "

शुक्रवार, बैशाख १० २०७८

  • 881
    SHARES

  • ओलीले गरे   स्थायी कमिटी गठन  :  "नेपाल–खनाल पक्षलाई ‘बाइपास’ गरे "

    काठमाडौँ, बैशाख । नेकपा एमालेकाे आजकाे बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई ‘बाइपास’ गरेर स्थायी कमिटी गठन गरेका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार  बसेको  महाधिवेशन आयोजक कमिटी बैठकमा ओलीले नयाँ स्थायी कमिटी गठन गरेका हुन्। ओलीले गठन गरेको स्थायी कमिटीमा ईश्वर पोखरलपछि रामबहादुर थापा बादलको वरियता राखिएको छ।

    ओलीले गठन गरेको स्थायी कमिटीमा क्रमशः केपी शर्मा ओली, बामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महाशेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन्।

    स्थायी कमिटीमा बाँकी सदस्यपछि थप गर्ने बताइएको छ। ओली गठन गरेको स्थायी कमिटीमा नेपाल–खनाल समूहका कुैन पनि नेतालाई समेटिएको छैन।

    शुक्रवार, बैशाख १० २०७८०३:४५:५६

    डेमो खबर

    सम्बन्धित समाचार