Logo

बुधवार, बैशाख २९ २०७८May 12 2021

images
नेपाल कम्युनिष्ट पार्टी

नेकपा एमाले बैठक : " माधवहरुले पार्टी एक भएर जान पहल गरेनन् "

नेकपा एमाले बैठक : " माधवहरुले पार्टी एक भएर जान पहल गरेनन् "

शुक्रवार, बैशाख १० २०७८

  • 805
    SHARES

  • नेकपा एमाले बैठक  : " माधवहरुले पार्टी एक भएर जान  पहल गरेनन् "

    काठमाडौं, बैशाख  । शुक्रबार  बसेकाे  नेकपा एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भभव नहुने  सदस्यहरूलाइ  बताएका छन् ।

    बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाइ इंगीत गदै भने,  एकताबद्ध बनाउन कुनै पहल गरेनन् । ‘मेरो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरुसँग भेटघाट भयो । तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति देखिदैन’, अध्यक्ष ओलीले भने ।

    अध्यक्ष ओलीले पार्टी एकताबद्ध बनाउन दिनरात लागेको पनि बताए । ‘हामी जिम्मेवार र अनुशासित भएकाले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौ’, उनले भने ।

    पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरुको महत्वाकांक्षाकै कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको पनि ओलीले बताए । पार्टी विभाजित नभएको भएपनि सम्बन्ध शत्रुतापूर्ण बनिसकेको पनि ओलीले सम्झिए ।

    उनले भने, आफूलाई साधरण सदस्यबाट समेत निष्काशन गरेर सम्बन्धलाई शत्रुतापूर्ण  बनाए ।

    ‘त्यस्ता व्यक्ति नेतृत्वमा हामी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो, तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन’, ओलीले थपे ।

    उनको भनाइ छ , अहिले पनि केही व्यक्ति अराजक ढंगले पार्टीकै नेताविरूद्ध विष वमन गर्ने प्रवृत्ति देखिएको छ । त ‘म अझै पनि लचिलो भएर आएको छु’, अध्यक्ष ओलीले भने ।

    शुक्रवार, बैशाख १० २०७८०१:४३:१६

    डेमो खबर

    सम्बन्धित समाचार