Logo

बुधवार, बैशाख २९ २०७८May 12 2021

images

भीमफेदी–कुलेखानी–सिस्नेरी सडक : 'आज बिहानैदेखि यातायात बन्द'

भीमफेदी–कुलेखानी–सिस्नेरी सडक : 'आज बिहानैदेखि यातायात बन्द'

शुक्रवार, बैशाख १० २०७८

  • 677
    SHARES

  • भीमफेदी–कुलेखानी–सिस्नेरी सडक  :   'आज बिहानैदेखि यातायात बन्द'

    मकवानपुर, वैशाख । मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी–दक्षिणकाली–काठमाडौँ जोड्ने सडक आज बिहानैदेखि काठमाडौँ–हेटौँडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको बाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौँडाले जनाएको छ ।

    भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने यातायत अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट हेटौँडा–काठमाडौँतर्फको हलुका यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन ।

    उनले निजी कार, जिप र मोटरसाइकललाई मात्र कान्ति राजपथ हुँदै काठमाडौँतर्फ जाने रुटलाई अनुमति दिइएको र आज बिहानैदेखि ती क्षेत्रबाट सामान्य यातायात काठमाडौँतर्फ प्रस्थान गरेको उल्लेख गरे ।

    मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको सिस्नेरी सडकखण्डको काठमाडौँको छैमलेबाट मकवानपुरको हेबीसम्म निर्माणाधीन सडकमा अहिले कालोपत्र गर्नुपरेका कारण काठमाडौँ–हेटौँडातर्फ दैनिक यातायात सेवालाई आजदेखि आगामी जेठ २५ गतेसम्म सञ्चालनमा रोक लगाइएको बाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेव भण्डारीले बताए ।

    उनका अनुसार भीमफेदी–कुलेखानी सडक खण्डको फाखेल सडकको ढल निर्माण, सडकमा कालोपत्र गर्ने क्रममा केही हप्ताअघिदेखि फाखेल सडकखण्डबाट काठमाडौँतर्फको यातायात सेवालाई एक महिनासम्मका लागि रोक लगाइएको थियो ।

    वाग्मती प्रदेश, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीबाट चिसापानीगढी र हेबीसम्मको सडक विस्तार र कालोपत्र गर्न दुई चरणमा गरी रु ३४ करोड रकम विनियोजित गरिएको सो मन्त्रालयका प्रशासकीय अधिकृत हरिप्रसाद उप्रेतीले बताएका छन । रासस

    शुक्रवार, बैशाख १० २०७८०१:२३:५४

    डेमो खबर

    सम्बन्धित समाचार