Logo

बुधवार, बैशाख २९ २०७८May 12 2021

images

बाँके : ' थप तीन जना कोरोना संक्रमितको मृत्यु'

बाँके : ' थप तीन जना कोरोना संक्रमितको मृत्यु'

शुक्रवार, बैशाख १० २०७८

  • 797
    SHARES

  • बाँके : ' थप तीन जना कोरोना संक्रमितको मृत्यु'

    नेपालगञ्ज, वैशाख । बाँकेमा एक २८ वर्षिय युवकसहित थप तीन संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालको कोभिड वार्डमा उपचाररत एक  २८ वर्षिय युवकसहित अन्य दुई जना गरेर थप तीनको विहिबार राती र शुक्रवार विहान मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

    जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बनगाड ३ सल्यानका ५६ वर्षिय पुरुष र बाँके जानकी १ की ७१ वर्षिया महिलाको विहिबार राती र बाँके बैजनाथ ६ का २८ वर्षिय युवकको शुक्रवार विहान मृत्यु भएको बताए ।

    ती तीनै जनाको मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार भैरहेकोमा अवस्था विग्रदैं गएपछि मृत्यु भएको फोकल पर्सन ओलीले बताए। उनले उहाँहरुलाई संक्रमण पुष्टि भएलगत्तै  मेडिकल कलेजमा भर्ना गरिएको जनाए ।

    कोरोना संक्रमणको दोस्रो लहरमा बाँकेमा दैनिक ३०० भन्दा बढी संक्रमित थपिन थालेपछि अहिले जिल्लाका कुनै पनि कोभिड वार्डमा विरामी राख्ने बेड र ठाउँ नरहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

    एकातिर भेरी र मेडिकल कलेजमा बेड, आइसियु र भेन्टिलेटर खाली छैन भने अर्कोतिर दैनिक सयौंको संख्यामा गम्भीर खालका विरामी भएका संक्रमितको संख्या बढ्दै गएकोले जिल्लावासी त्रसित बन्दै गएका छन् ।

    कोरोनाका विरामीको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुले स्थानीय, प्रदेश र केन्द्र सरकारसंग नेपालगञ्जमा तत्काल जनशक्तिसहितको डेढदेखि २ सय बेडको कोभिड अस्पताल निर्माण गर्न माग गरेका छन् । अन्यथा अवस्था अतिनै भयावह हुनसक्ने उनिहरुको चेतावनी छ ।

    शुक्रवार, बैशाख १० २०७८०१:१३:४३

    डेमो खबर

    सम्बन्धित समाचार