Logo

बुधवार, बैशाख २९ २०७८May 12 2021

images

भारतमा कोरोना : 'एकैदिन करिब तीन लाख सङ्क्रमित, दुई हजारभन्दा बढीको मृत्यु'

भारतमा कोरोना : 'एकैदिन करिब तीन लाख सङ्क्रमित, दुई हजारभन्दा बढीको मृत्यु'

बुधवार, बैशाख ८ २०७८

  • 901
    SHARES

  • भारतमा कोरोना  : 'एकैदिन करिब तीन लाख सङ्क्रमित, दुई हजारभन्दा बढीको मृत्यु'

    काठमाडौं, वैशाख । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाका करिब तीनलाख सङ्क्रमित पहिचान गरिएको छ ।

    भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई लाख ९५ हजार ४१ सङ्क्रमित पहिचान गरिएको हो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार कोभिड १९ को पहिलो लहर आउँदा गत सेप्टेम्बर १७ मा सबैभन्दा बढी ९८ हजार ७९५ मा सङ्क्रमणको पुष्टि भएको थियो ।

    गत फेब्रुअरी महिना यता भारतमा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार २३  सङ्क्रमितको मृत्यु भएको छ ।

    भारतको महाराष्ट्र, केन्द्र प्रशासित दिल्ली तथा उत्तर प्रदेश, मध्य प्रदेश लगायतका राज्य कोभिड १९ ले नराम्ररी प्रभावित भएका छन् ।

    बुधवार, बैशाख ८ २०७८०९:३९:२१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार