Logo

बुधवार, बैशाख २९ २०७८May 12 2021

images

जापान : ' पाँच मिनेटमा कोभिड १९ सङ्क्रमण थाहा पाउने प्रविधि पत्ता'

जापान : ' पाँच मिनेटमा कोभिड १९ सङ्क्रमण थाहा पाउने प्रविधि पत्ता'

मंगलवार, बैशाख ७ २०७८

  • 793
    SHARES

  • जापान : ' पाँच मिनेटमा  कोभिड १९ सङ्क्रमण थाहा पाउने प्रविधि पत्ता'

    टोकियो, वैशाख । जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ ।

    जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको हो । जापानी सञ्चारमाध्यमहरुले मङ्गलबार उक्त जानकारी सार्वजनिक गरेको हो।

    जापानमा पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । तर पनि यो प्रविधिबाट हाल कोभिड १९को भाइरस पत्ता लगाउनका लागि कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ ।

    अब भने कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेट भित्रैमा उसको शरीरमा कोभिड १९ पोजेटिभ भए नभएको पत्ता लाग्नेछ । प्रविधि विकासले कोरोनाको सङ्क्रमणको परीक्षण गर्न र समयमै पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने कुरा विज्ञहरुले जनाएका जापानको राष्ट्रिय टेलिभिजन संस्था एन एच केले जनाएको छ ।

    उक्त इन्स्टिच्युटका एकजना वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्नका लागि कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रुपमा र थोरै उपकरणको सहायताबाट नै पत्ता लाग्ने जानकारी दिनुभयो ।

    मंगलवार, बैशाख ७ २०७८०५:५७:३१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार