Logo

बुधवार, बैशाख २९ २०७८May 12 2021

images
गण्डकी प्रदेश

प्रदेश प्रमुख शेरचन : ' प्रदेशसभा विशेष अधिवेशन आह्वान '

प्रदेश प्रमुख शेरचन : ' प्रदेशसभा विशेष अधिवेशन आह्वान '

सोमवार, बैशाख ६ २०७८

  • 937
    SHARES

  • प्रदेश प्रमुख  शेरचन : ' प्रदेशसभा विशेष अधिवेशन आह्वान '

    पोखरा,  वैशाख ।  गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनाले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । उनले वैशाख १३ गतेदेखि विशेष बैठक आह्वान गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख शेरचनले विशेष अधिवेशन आह्वान गरेका हुन् ।

    उनले वैशाख १३ गते २ बजे विशेष अधिवेशन आह्वान गर्दै प्रदेशसभा सचिवालयमा पत्र पठाएका छन् । यी तीन दलले गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वासको प्रस्ताव आउने जानकारी पाएपछि प्रदेश सरकारले वैशाख १ गते बुधवार राति नै अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

    gandaki-1618838655.jpg

    त्यसका बाबजुद तीन दलले वैशाख २ गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । लगत्तै प्रदेश प्रमुखको कार्यालयमा पुगेर विशेष अधिवेशनका लागि समावेदन दिएका थिए । संविधानको धारा १८३ को ३ मा प्रदेशका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गर्ने व्यवस्था छ ।

    विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसँग निवेदन दिए त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति प्रदेश प्रमुखले तोक्ने व्यवस्था छ । नियमित संसद बैठक डाक्न मन्त्रिपरिषद्ले निर्णय गरेर पठाएपछि प्रदेश प्रमुखले डाक्ने प्रावधान छ । विशेष अधिवेशन प्रदेश प्रमुख आफैँले बोलाउन सक्छन् ।

    प्रदेश प्रमुखले १५ दिनभित्र विशेष अधिवेशन बोलाउने संसदीय अभ्यास छ । यो अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्ने र पारित हुने भएकाले विशेष महत्वका साथ हेरिएको छ । कांग्रेस, माओवादी र जसपाका २८ सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।

    राष्ट्रिय जनमोर्चाले पनि अविश्वासको प्रस्तावमा मत दिने बताएको छ । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री गुरुङले नेतृत्व गरेको एमालेका २७ प्रदेशसभा सदस्य छन् । कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, जसपाका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्य छन् ।

    सोमवार, बैशाख ६ २०७८०९:५२:३४

    डेमो खबर

    सम्बन्धित समाचार