Logo

शुक्रवार, बैशाख १० २०७८Apr 23 2021

images

 ७२ हजार किलो चिनी नष्ट :  "अबैद्य भित्रिएको खान अयोग्य चिनी पुरियो"

 ७२ हजार किलो चिनी नष्ट :  "अबैद्य भित्रिएको खान अयोग्य चिनी पुरियो"

बुधवार, चैत्र २५ २०७७

  • 669
    SHARES

  •   
    बारा, चैत  । न्यून गुणस्तरको भारतीय चिनी जलेश्वर भन्सारबाट मिलोमतोमा नेपाल भित्रिएको आशंकामा नियन्त्रणमा लिएर राखेको चिनी नष्ट गरिएको छ ।  ०७६ फागुन २५ मा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले उपभोग मिति समाप्त भएको जनाएको थियो  । 
    राजस्व अनुसन्धान कार्यालय पथलैयाले परीक्षण लागि पठाएको चिनीको नमुना खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनी प्रमाणित गरेपछि खाल्डोमा पुरेर नष्ट गरेको  हो । 
    खाद्यको प्रतिवेदनका आधारमा राजश्व अनुसन्धान विभागले चैत ६ मा पथलैयालाई पत्र पठाएर सो चिनी नष्ट गर्न अनुमति दिएको राजश्व अनुसन्धान बिभाग पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक पाण्डेयले बताएका छन । अदालतको प्रतिबेदन अनुसार चिनीको बजार मूल्य करिब ६० लाख रहेको उनले जानकारी दिएका छन । 
    ७२ हजार किलो चिनी एक वर्षदेखि राजश्व अनुसन्धान कार्यालय पथलैयाको गोदाममा थन्किएर राखिएकोमा यस कार्यालयले चौथो पटक पनि पठाएको नमुना परीक्षण प्रतिवेदनमा सेवन गर्न अयोग्य रहेको प्रमाणित भएपछि अन्ततः सो चिनी सोमबार पुरेर नष्ट गरिएको उनले बताए ।
    भारतीय चिनी जलेश्वर भन्सारबाट मिलोमतोमा नेपाल भित्रिएको आशंकामा नियन्त्रणमा लिएर राखेकोमा ०७६ फागुन २५ गते खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले उपभोग मिति समाप्त भएको जनाएको थियो ।
    यता चिनी लिलाम बिक्री प्रकिया अन्तर्गत राजश्व अनुसन्धान कार्यालय पथलैयाले फागुन १३ गते नमुना परीक्षणका लागि जनकपुर पठाएको तथा चिनी खान अयोग्य नरहेको प्रमाणित भएको चिनीलाई उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजले आवश्यक व्यवस्थापन गर्नु जनाएकाले राजश्व अनुसन्धान बिभाग पथलैयाको परिसरमै खाल्डो खनेर चिनी नष्ट गरिएको हो ।

     

    बुधवार, चैत्र २५ २०७७०८:५६:०५

    डेमो खबर

    सम्बन्धित समाचार