Logo

शुक्रवार, बैशाख १० २०७८Apr 23 2021

images

भारतमा कोरोना : 'पहिलो पटक एकैदिन एकलाख संक्रमित भेटिए'

भारतमा कोरोना : 'पहिलो पटक एकैदिन एकलाख संक्रमित भेटिए'

सोमवार, चैत्र २३ २०७७

  • 765
    SHARES

  • भारतमा कोरोना   : 'पहिलो पटक एकैदिन एकलाख संक्रमित भेटिए'

    काठमाडौं, चैत । भारतमा पहिलो पटक एकैदिन एक लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए ।

    तर भारतमा कोरोनाको दोस्रो लहर देखिएसँगै आइतबार (चैत २२ गते, ४ अप्रिल २०२१ ) मा १ लाख ३ हजार ७९४ संक्रमित एकैदिन थपिएका छन् । यसले भारतमा कोरोनाको संक्रमण नियन्त्रणबाहिर पुगेको देखिएको छ । लगातार तेस्रो दिन भारतमा विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

    यो निकै ठूलो भयावह स्थिति हो । भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि छिमेकी देशहरुलाई समेत पनि समस्या पर्दै गएको छ । गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । तर कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ ।

    त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । शुक्रबार ८९ हजार १९ जना संक्रमित थपिएकामा शनिबार त्यो संख्या बढेर ९२ हजार ९९४ पुगेको थियो । योसँगै कुल संक्रमितको संख्या १ करोड २५ लाख ८७ हजार ९२१ पुगेको छ । भारतमा सक्रिय संक्रमित ७ लाख ३७ हजार ८७० पुगिसकेको छ ।

    मृतक पनि पुरानै अवस्थामा हुन थालेको छ । शुक्रबार ७१३ को ज्यान गएकोमा शनिबार ५१४ को ज्यान गएको छ । आइतबार ४७७ को ज्यान गएको छ । गत बिहीबार ४६८ को ज्यान गएको थियो । लगातार पाँचौं दिन ४५० भन्दा बढीको ज्यान गएको हो । अहिलेसम्म १ लाख ६५ हजार १३२ को ज्यान गइसकेको छ । आइतबार ५२ हजार ८४०  संक्रमणमुक्त भएका छन् ।

    १ करोड १६ लाख ७९ हजार ९६१  संक्रमणमुक्त भएका छन् । सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । आइतबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ५७ हजार ७४ संक्रमित भएका छन् । शनिबार एकैदिन ४९ हजार ४४७  संक्रमित थपिएका थिए ।

    आइतबार २२२ को ज्यान गएको छ । शनिबार २७७ को ज्यान गएको थियो । नेपालसँग सीमा जोडिएको बिहारमा आइतबार ८६४ संक्रमित थपिएका छन् । शनिबार ८३६ संक्रमित थपिएका थिए । शुक्रबार ६६२  संक्रमित थपिएका थिए । नियन्त्रणको नजिक पुगेको बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ३ हजार ५६० पुगेका छन् ।

    सोमवार, चैत्र २३ २०७७०५:४५:१९

    डेमो खबर

    सम्बन्धित समाचार