Logo

शुक्रवार, बैशाख १० २०७८Apr 23 2021

images

चीन : 'सडक दुर्घटना, ११ को मृत्यु'

चीन : 'सडक दुर्घटना, ११ को मृत्यु'

आइतवार, चैत्र २२ २०७७

  • 593
    SHARES

  • चीन :  'सडक दुर्घटना, ११ को मृत्यु'

    बेइजिङ, चैत । चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

    आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ घाइते भएका छन् । उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ ।

    तीव्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो ।

    घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो ।

    चीनमा यतिखेर मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् ।

    आइतवार, चैत्र २२ २०७७०६:५३:३४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार