Logo

शुक्रवार, बैशाख १० २०७८Apr 23 2021

images
नेपाली काग्रेस

महामन्त्री कोइरालाले भने : “कांग्रेस नेतृत्वमा नयाँ सरकार छिटै ”  

महामन्त्री कोइरालाले भने : “कांग्रेस नेतृत्वमा नयाँ सरकार छिटै ”  

आइतवार, चैत्र २२ २०७७

  • 1.2K
    SHARES

  • महामन्त्री कोइरालाले भने : “कांग्रेस नेतृत्वमा नयाँ सरकार छिटै ”  


    गाईघाट, चैत । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले तीनवटा राजनैतिक दल मिलेर नेपाली कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार गठन हुने बताएका छन ।  

    सो कुरा महामन्त्री कोइरालाले शनिवार गाईघाटमा नेपाल राष्ट्रिय मगर संघद्वारा आयोजित १ नं प्रदेशस्तरीय प्रथम मगर सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्वोधन गर्ने क्रममा बताएका हुन । महामन्त्री कोइरालाले भने, वर्तमान सरकार नागरिक अधिकार खोस्ने बाटोमा अगाडि बढिरहेको आरोप लगाउँदै अव यो धेरै दिन टिक्न नसक्ने बताए ।
    उनले भने, नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाको नेतृत्वमा काँग्रेस जसपा र नेकपा माओवादी मिलेर नयाँ सरकार गठनका लागि छलफल चलिरको र यसका लागि नेपाली काँग्रेसको केन्द्रिय समितिबाट शुक्रवार नै वर्तमान प्रधानमन्त्रीको राजीनामा माग्ने भनि निर्णय समेत भइसकेको छ ।
    काँग्रेस महामन्त्री कोइरालाले २०४८ देखि ५१ सम्मको समय विकास निर्माणका लागि स्वर्णिम युग भएको बताउँदै भने, प्रतिब्यक्ति आय त्यतिवेला सात पुगेकोमा अहिले त्यो तल झरेर १ मा छ  । 
    महामन्त्री कोईरालाले आगामी १४ औ महाधिवेशनपछि नेका केन्द्रिय समितिमा हालसम्म नभएको मगरहरुको प्रतिनिधित्व हुनेमा आपूm विश्वस्त रहेको पनि बताए । 

     

    आइतवार, चैत्र २२ २०७७०९:०८:१०

    डेमो खबर

    सम्बन्धित समाचार